back
NMB ad

नेपालले चैत्र १४ मा मलेसियाको यु –२२ टोलीसँग मैत्रिपूर्ण फुटबल खेल्ने

Kumari bank ad

काठमाडौं । नेपालले मलेसियाको राष्ट्रिय टोलीसँग खेल्ने तय भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलको मिति सरेको छ । खेल आगामी मे महिनामा हुनेछ ।

तर नेपालले आगामी चैत्र १४ गते मलेसियाको अण्डर २२ राष्ट्रिय टोलीसँग भने मैत्रिपूर्ण फुटवल खेल्नेछ । अखिल नेपाल फुटबल संघ एन्फा र मलेसियाली फुटबलसंघबीचको समन्वयको अभावमा मलेसियाले नेपालसंग खेल्ने भनेको पूर्वघोषित मितिमा मकाउसंग खेल्ने निश्चितभएपछि नेपालसँगको खेलतालिका पर सरेको हो ।

त्यसैको क्षतिपुर्तिस्वरुप मलेसियाले २२ बर्षमुनिको राष्ट्रिय टोलीसँग मैत्रिपुर्ण फुटबल खेलाउने निर्णय गरेको हो । यसअघि चैत्र १६ गते दुई देशको राष्ट्रिय टोलीबीच मैत्रिपूर्ण फुटबल खेलाउने तय गरेको एन्फाले जनाएको थियो ।

मलेसियाली युवा टोली बिरुद्धको खेलमा सागमा स्वर्ण जितेको टिमका अधिकांश खेलाडी समावेश गरिने एन्फाले जानकारी दिएको छ । नेपाली टोलीका नवनियुक्त प्रशिक्षक ग्यातुकी कोजुको नेतृत्वमा पहिलो पटक नेपालले मलेसियाको युवा टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रशिक्षक कोजु अहिले सिमरा गोल्डकपका नेपाली खेलाडीको प्रदर्शन निरिक्षण गरिरहेका छन् । सिमराबाट आइतबार फर्किएलगत्तै उनले मलेशियाबिरुद्धको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गर्नेछन् ।

प्रकाशितः २०७२ फाल्गुन २८

वि.सं.२०७२ फागुन २८ शुक्रवार १६:२७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...