back
NMB ad

नेपालले नामिबियासँग विश्व क्रिकेट लिग खेल्नको लागि तयारी गर्दै

Kumari bank ad

काठमाण्डौं ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियासँगको खेल सुरु हुन एक महिनामात्र बाँकी रहेको अवस्थामा नेपालले औपचारिक तयारी सुरु गरेको छ । वैशाख ४ र ६ गते नेपाल र नामिबियाबीचको खेल काठमाडौंमा हुने कार्यक्रम छ ।

नेपालको तयारी आइतबारदेखि सुरु भएको हो । छनोट गरिएका ३९ खेलाडीलाई ३ टिम बनाएर विभाजन गरिएको छ । पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको कप्तानीमा ३ टिमले एकापसमा खेल्नेछन् । त्यही खेलमा देखाएको प्रदर्शनका आधारमा नामिबियासँग खेल्ने १४ नेपाली खेलाडीको छनोट गरिनेछ ।

तर दुई समानान्तर नेपाल क्रिकेट संघ (क्यान) का कारण अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल अहिले अन्योलको स्थितिमा छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नै प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र एसियाली क्रिकेट परिषद्का डेभलपमेन्ट अफिसर वैंकटपथी राजुलाई खेलाडी छनोटको जिम्मेवारी तोकेपछि नेपालको तयारी अन्तिम समयमा सुरु भएको हो ।

युवा तथा खेलकुद मन्त्रालयको अगुवाइमा नेपाली क्रिकेटको तयारी सुरु गरिएको सहसचिव चूडामणि पौडेलले बताए । ‘नेपालको तयारी रोकिनुहुन्न भनेर राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छौं, अहिले तत्काललाई त्यहीको बजेटबाट काम चलाउनु भनेर सहजीकरण गरिदिएका छौं । तयारीका क्रममा १८ लाख खर्च हुन सक्छ, त्यो पछि मन्त्रालयले भुक्तानी गर्नेछ,’ पौडेलले भने ।

तर नामिबियासँगको खेल नेपालमै हुनेमा अन्योल नै छ । आईसीसीले आफ्नै नेतृत्वमा यस खेललाई नेपालमै गराउन दुवै क्यानका पदाधिकारीसँग स्वीकृति मागेको छ ।

त्यसमा सिलवाल समूहले स्वीकृति दिए पनि चन्द समूहले सर्त राखेको बताइएको छ । आईसीसीका ग्लोबल डेभलपमेन्ट म्यानेजर टिम एन्डरसनले फेरि यस विषयमा दुवै क्यानका पदाधिकारीसँग छलफल गरेको स्रोतले जनायो ।

प्रकाशितः २०७२ चैत २

वि.सं.२०७२ चैत २ मंगलवार १२:२० मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...