काठमाडौं। नेपाली यू–२३ टिमले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको सेमिफाइनलमा भोलि माल्दिभ्सको यू–२३ टिमको सामना गर्दैछ । खेल गुवाहटीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय रंगशालामा साँझ ७।१५ मा सुरु हुनेछ । शनिबार नै अर्को सेमिफाइनलमा भारतले बंगलादेशविरुद्ध खेल्नेछ ।
सेमिफाइनलको पूर्व सन्ध्यामा नेपाली टिमले अन्तिम तयारी गरेको छ । त्यस क्रममा नेपाली प्रशिक्षका राजु शाक्यले टिम ऐतिहासिक उपलब्धीको संघारमा रहेको बताए । उनले बंगबन्धु गोल्डकपमा माल्दिभ्स टिमलाई नै नेपालले सेमिफाइनलमा हराएको हुँदा आफ्ना खेलाडी आत्मविश्वासी रहेको दाबी गरेका छन् ।
प्रकाशित: माघ २९, २०७२
वि.सं.२०७२ माघ २९ शुक्रवार १९:५० मा प्रकाशित