back
NMB ad

नेपाल रेमिटले ग¥यो भ्रामक समाचारको खण्डन

Kumari bank ad

काठमाडौं । कोरिया लगायत विश्वका विभिन्न देशबाट रेमिट्यान्सको कारोबार गर्दै आएको नेपाल रेमिटले विभिन्न सार्वजनिक सञ्चार माध्यममा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल रेमिटले दक्षिण कोरियाबाट समेत कारोबार थाले पनि एक अनलाईन पत्रिकाले कोरियामा कुनै पनि बैधानिक रेमिट नभएको समाचार प्रकाशन गरेको भन्दै उसले आपत्ती जनाएको हो । नेपाल रेमिटले यस्ता समाचारले हुण्डी लगायतका अबैध कारोबारीहरुलाई सहयोग पुग्ने भएकाले समाचार लेख्दा सचेत भईदिन पनि सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

नेपाल रेमिट अमेरिका, जापान, युरोप, खाडी लगायतका देशहरुमा समेत लोकप्रिय रहेको छ । दक्षिण कोरियामा अबैध रुपमा हुण्डी मौलाइरहेका बेला नेपाल रेमिटले थालेको प्रयासलाई सबैले स्वागत गरिरहेका बेला भ्रामक समाचार आउँदा दुःख लागेको कम्पनीले विज्ञप्तीमा उल्लेख छ । कोरिया जस्तो श्रमका लागि लोकप्रिय गन्तब्य मुलुकमा अहिलेसम्म बैधानकि कारोबार गर्ने कम्पनी नभएको अवस्थामा नेपाल रेमिटले कारोबार थालेको कम्पनीले जनाएको छ ।

नेपाल रेमिटले दक्षिण कोरियाको केन्द्रीय बैंक र नेपाल राष्ट्र बैंक सँगको अनुमतिमा पेगेट लिमिटेडसँग सहकार्य गरि कारोबार थालेको हो । कोरियाको अर्थ मन्त्रालयको इजाजत नम्वर २०१५–१९ अनुसार कम्पनीले कारोबार थालेको र आफुहरु कोरियामा पहिलो आधिकारिक कम्पनी भएको नेपाल रेमिटले बताएको छ ।

उसले यस्ता भ्रमक समाचारको पछि नलागि सत्य तथ्य बुझेर कारोबार गर्न कोरियामा रहेका नेपालीहरुलाई आग्रह समेत गरेको छ ।

प्रकाशितः २०७२ चैत्र ५

वि.सं.२०७२ चैत ५ शुक्रवार १२:४५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...