back
NMB ad

पतन्जलीको चाउचाउ पनि हानिकारक

Kumari bank ad

योग गुरु रामदेवको कम्पनी पतन्जलीको आटा नुडल्स  एक परीक्षणमा तल्लो स्तरको र अखाद्य भएको पाइएको छ। भारतीय संचारमाध्यमका अनुसार उत्तर प्रदेशको मेरुठको फुड सेफ्टी एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफएसडीआइ) ले गरेको जाँचमा पतन्जलीको आटा नुडल्समा मापदण्ड सिमा भन्दा तीन गुणा बढी एश  (Ash) पाइएको हो। यो मात्रा म्यागीका नमुनामा पाइएको भन्दा बढी हो।

मापदण्ड अनुसार एशको मात्रा १ प्रतिशत मात्र हुनुपर्छ तर यी तीनै कम्पनीका नमुना यस परीक्षणमा असफल भएका हुन्।रिपोर्टको बारेमा बताउँदै चिफ फुड सेफ्टी अफिसर जेपी सिंहले पतन्जली आटा नुडल्सको नमुनामा एशको मात्रा २.६९, म्यागीमा १.६३ र येप्पीमा २.१ प्रतशित पाइएको बताएका छन्। रिपोर्टका अनुसार यी तीनमध्ये सबैभन्दा बढी हानिकारक पतन्जली आटा नुडल्स हो।

योसँगै योगगुरु रामदेवले आफ्नो उत्पादनमा गर्दै आएको दावीको आलोचना भएको छ भने यस विषयमा उनले हालसम्म कुनै प्रतिक्रिया नदिएको पनि संचारमाध्यमले जनाएका छन्।

एजेन्सी, चैत २१

वि.सं.२०७२ चैत २१ आइतवार १४:१२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...