काटमाडौ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा नेपाल लगानी बोर्डको सदस्यमा मनोनित भएका छन् । लगानी बोर्डको हालै बसेको बैठकबाट उनलाई बोर्डको सदस्यमा नियुक्त गरेको नेपाल उद्योग परिसंघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
परिसंघका अध्यक्ष शर्मा व्यवसायिक रुपले उद्योगपति भए पनि पूर्वाधार विकास, औद्योगिकीकरण र समष्टिगत अर्थतन्त्रका बारेमा गहन अध्ययन भएका प्राज्ञिक व्यक्तित्व हुन् ।
उक्त बोर्डमा अध्यक्ष शर्माको प्रतिनिधित्व बाट निजी क्षेत्रको प्रवद्र्धन, प्रत्यक्ष बैदेशिक लगानीको आकर्षण, मुलुकको पूर्वाधार विकास र विस्तारमा थप सहयोग पुग्ने परिसंघको विश्वास रहेको छ ।
प्रकाशित मिति ः २०७३ साउन १२
वि.सं.२०७३ साउन १२ बुधवार १८:२० मा प्रकाशित