back
NMB ad

पर्यटन बोर्डमा अर्याल र कुँवर नियुक्त

Kumari bank ad

काठमाण्डौं । । नेपाल पर्यटन बोर्डको सदस्यमा बरिष्ठ पर्यटन ब्यबसायी कृष्णकुमार अर्याल र पूर्णबहादुर कुँवर नियुक्त भएका छन् । सोमबार बसेको संस्कृति पर्यटन तथा नागरीक उडड्यन मन्त्रालयको मन्त्री स्तरीय बैठकबाट रिक्त रहेको दुई स्थानमा अर्याल र कुँवरलाई नियुक्त गरिएको हो ।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) का पूर्व महासचिव हरि धरेल र हेटेल एसोसिएसन नेपाल (HAN) का महासचिव बिनायक शाह संलग्न रहेको तिन सदसीय सिफारिस समितिको सिफारिसमा अर्याल र कुँवरलाई बोर्ड सदस्यमा नियुक्त गरिएको हो ।

सदस्य दुबैलाई आगामी ३ बर्षको लागि सो पदमा नियुक्त गरिएको हो । काठमाडौँका स्थायी बासिन्दा कृष्णकुमार अर्याललाई मध्यमान्चल  क्षेत्रको प्रतिनिधित्व गर्दै सिफारिसमा परेका हुन् भने भने पर्वतका कुँवरलाई पश्चिमाञ्चलको प्रतिनिधित्व गराइएको छ ।

२०४४ सालदेखि पर्यटन ब्यबसायमा आबद्ध अर्याल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) मा कोषाध्यक्ष र सचिव, नेपाल माउन्टेनियरिंग एसोसिएसन (NMA) मा सचिव रहिसकेका बरिस्ठ पर्यटन ब्यबसायी हुन् । हाउस अफ ट्राभल एण्ड एडभेन्चरका प्रबन्ध निर्देशक अर्याल हाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा उपाध्यक्ष छन्  ।

१२ वर्ष नेपाल  यातायात संस्थानमा सरकारी सेवामा बिताएर ०५८ देखि पर्यटन ब्यबसायमा संलग्न कुँवर मल्टि टुर टुरिस्ट भेहिसल्स, हिमालयन रेन्ज ट्रेक एण्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक एवं होटेल होली हिमालयका संचालक हुन् । हाल उनी नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा कोषाध्यक्ष छन् ।

माघ २५, २०७२/ १२.४५

वि.सं.२०७२ माघ २५ सोमवार १२:५२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...