back
NMB ad

पाँचथरका तीन किसानले पाए राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार !

Kumari bank ad

काठमाण्डौं । व्यावसायिक रुपमा कृषि व्यवसाय सञ्चालन गर्दै आएका पाँचथर जिल्लाका तीनजना कृषकलाई यस वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ ।

पाँचथरको फिदिममा हिजो सोमबार आयोजित एक कार्यक्रमका बीच पाँचथर भारपा–८ का लिलाप्रसाद अधिकारी, अमरपुर–६ का पुण्यप्रसाद सुवेदी र कुरुम्वा–४ की इन्द्रकुमारी लावतीलाई जनही नगद रु १० हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालय, पाँचथरले विश्व खाद्य दिवसको सन्दर्भमा आयोजना गरेको एक समारोहबीच उनीहरुलाई पुरस्कार र सम्मानपत्र प्रदान गरिएको हो ।

उनीहरुले आधुनिक कृषि प्रविधिबाट तरकारी, फलफूल र सुन्तलाखेती गर्दै आम्दानीको स्रोत बढाउनका साथै समाजमा रहेका सर्वसाधारणलाई त्यसतर्फ अग्रसर हुने बाटो देखाएकाले पुरस्कृत गरिएको वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताउनुभयो ।

उनीहरुलाई पाँचथरका प्रमुख जिल्ला अधिकारी किरण थापा, स्थानीय विकास अधिकारी भानुभक्त बरालसहित जिल्लाका राजनीतिक दलका प्रमुखले अबीर र फूलमाला लगाइदिएर सम्मान समेत गर्नुभएको थियो ।

७ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर ७ मंगलवार १०:५६ मा प्रकाशित

You can share this post!

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...