back
NMB ad

पेट्रोल पम्पमा रिमोट प्रकरण

Kumari bank ad

काठमाडौ । प्रहरीले पेट्रोल पम्पमा रिमोट राखेर ठगी गर्न संस्थागत रुपमा सघाएको आरोपमा गुणस्तर नापतौल विभागका पूर्व महानिर्देशक रामआधार साहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले साहलाई काठमाडौंको गौशालामा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो । उनी विभागमा रहँदा चिप्स जोडेर पम्पमा ठगी गर्ने गिरोहलाई संस्थागत रुपमा अघि बढाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले एक महिना अघि पम्पमा चिप्स जोडेर रिमोटमार्फत उपभोक्तालाई कम तेल दिने पम्प संचालक र गिरोहलाई पक्राउ गरेको थियो । पम्प संचालक र प्रविधि जोड्न सघाउने गिरोहको बयानको आधारमा साह गुणस्तर तथा नापतौल विभागमा हुँदा यो प्रविधि भित्र्याउन

सहयोग पुयाएको पाइएपछि पक्राउ गरिएको महाशाखा प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।

साह अहिले वातावारण मन्त्रालयका सहसचिव हुन् । दुई वर्षअघि भारतमा विशेष प्रहरी अपरेशनबाट लखेटिएका गिरोहको सहयोगमा प्रविधि जोडेर नेपालका पम्प संचालकले ठगी गर्न थालेका थिए । यो गिरोहका नाइके आयोब आलमले यो प्रविधि नेपालमा भित्र्याएका थिए । आलमलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

विभागले नसिम रावल सिद्धिकी भन्ने फर्म आयलको सर्भिस सेन्टरलाई उपत्यकाभरीको पम्प मर्मतको जिम्मा दिइएको थियो । उनी २०५० सालदेखिनै काठमाडौंका पम्प मर्मत गर्थे । उनले अर्थिकमार्फत कम परिमाणको तेल बिक्री गर्न सिकाएका थिए ।

सिद्धिकीको काठमाडौंका केही पम्पमा समेत लगानी रहेको स्रोतले बताएको छ । सिद्धिकीले मर्मतको जिम्मा पाएपनि पछिल्लो दुई वर्षदेखि आलमले रिमोटमार्फत तेल घटी बिक्री गर्ने चिप्स बिक्री गर्न थालेका थिए ।

सिद्धिकी र आलम मिलेर चिप्समा आधारित ठगीलाई फैलाउने काम गरेका थिए । काठमाडौं उपत्यकामा भाडामा लिएका पम्प संचालकले यो प्रविधि आलमसँग तीस हजारमा किनेका थिए । अहिले चिप्स जडान भएका धेरैजसो पम्प मासिक चार लाखसम्म भाडा लिएर संचालन भएका हुन् ।

स्रोतका अनुसार भाडामा लिएका र ठगीमा संलग्न भएका पम्पलाई आयल निगमको थानकोट डिपोबाट बढी परिमाणको तेल जाने गरेको थियो । “आयल निगम र पम्प संचालक समेतको सेटिङ्गमा धेरै तेल जाने गरेको थियो, निगमकै एक कर्मचारीले भने, “वर्षौदेखि भाडामा लिएको पम्पलाई धेरै तेल दिएर उपभोक्ता ठगीलाई निगमका उच्च तहका कर्मचारीले समेत सघाएका थिए ।”

विभागका तत्कालिन महानिर्देशक साहले यो प्रविधिमार्फत ठगी गरेको थाहा पाएपछि कारवाहीको साटो पम्प संचालकसँग मासिक रुपमा रकम उठाउन थालेको स्रोतले बतायो । स्रोतका अनुसार विभागमा रहँदा साहले चिप्स जोडेका पम्पमा बिक्री भएको तेलको परिमाणका आधारमा कमिसन लिने गरेका थिए ।

पक्राउ परेका संचालकले साहले संस्थागत रुपमा चिप्स जोड्न सघाएको बयान दिएको प्रहरी स्रोतले बतायो । विहार लगायतका सीमावर्ती क्षेत्रमा भारतीय प्रहरीको विशेष अपरेशनबाट असफल भएको प्रविधिलाई नेपालका पेट्रोल पम्प व्यवसायीले ठग्दै आएको पाइएको छ । सीमावर्ती क्षेत्रमा विशेष अपरेशनपछि सोही गिरोह नेपाल प्रवेश गरेको थियो ।

वि.सं.२०७२ मंसिर २८ सोमवार १२:१८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...