back
NMB ad

पोखराका नौ ताल रामसारमा सूचीकृत हुने

Kumari bank ad
पोखरा । पोखरा उपत्यकाका नौ ताल अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचीकृत हुने भएका छन्।
विश्व सिमसार दिवस फेब्रुअरी २ (माघ १९) मा रामसारमा सूचीकृत भएको घोषणा गर्ने तयारी यहाँ सुरु भएको छ। रामसारमा सूचीकृत हुन सबै प्रक्रिया पूरा भइसकेको छ।
सरकारले यस वर्षको विश्व सिमसार दिवस पोखरामा एक कार्यक्रमसहित मनाउने तयारी गरेको छ। सोही समारोहमा यहाँका तालहरू रामसारमा सूचीकृत भएको प्रमाणपत्र रामसार सचिवालयका एसिया प्यासिफिक रिजन सल्लाहकार लिउ योङले जिल्ला विकास समिति कास्कीका प्रतिनिधिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका प्रवक्ता तथा रामसार महासन्धिका फोकल व्यक्ति डा. महेश्वर ढकालले जानकारी दिए।
सोही दिनदेखि पोखराका नौ ताल रामसारमा सूचीकृत हुने ढकालले बताए।रामसार क्षेत्रमा सूचित गर्न चार वर्षदेखि यहाँका ताल र सीम क्षेत्रको अध्ययन गरेर एक वर्षअघि वन मन्त्रालयमातहतको राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागले फेवाताल, वेगनाश, रूपा, कमलपोखरी, खास्टे, गुदे, निउरेनी, दिपाङ र मैदी ताललाई रामसार सूचीमा समेट्ने प्रक्रिया अगाडि बढाएको थियो।
तालहरू रामसार सूचीमा सूचीकृत हुँदा अन्तर्राष्ट्रिय पहिचान पाउनुको साथै पर्यटकीय महत्वसमेत बढ्ने रामसार महासन्धिका फोकल व्यक्ति डा. ढकालले बताए। यसबाट संरक्षण र सदुपयोगमा स्थानीयको सहभागिता बढ्नुको साथै संरक्षणमा अन्तर्राष्ट्रिय चासोसमेत हुने जिल्ला वन कार्यालय कास्कीका प्रमुख प्रभात सापकोटाले सुनाए।
अन्नपुर्ण पोस्ट 

वि.सं.२०७२ माघ ८ शुक्रवार ०९:०७ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...