back
NMB ad

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता सुरु

Kumari bank ad

pokhara

पोखरा । पर्यटकीय सहर पोखरामा साहसिक खेल प्याराग्लाइडिङको प्रि–वर्ल्डकप तथा खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताको सत्रौं संस्करण सुरु भएको छ । प्रतियोगिताअन्तर्गत शनिबार अभ्यास खेलका रूपमा सराङकोट क्षेत्रमा पाइलटले उडान भरे ।

नेपाल हवाई खेलकुद संस्था नाको आयोजना र पर्यटन बोर्डको प्रवद्र्धनमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा २६ देशका १ सय पाइलट सहभागी छन् । उनीहरूमा ५ महिलासहित ८० विदेशी पाइलट छन् ।

अनौपचारिक रूपमा सुरु प्रतियोगिताको प्रचारसहित शनिबार बेलुका लेकसाइड क्षेत्रमा बाजागाजासहित मार्चपास गरिएको थियो । पाइलट आफ्नो देशको झण्डासहित मार्चपासमा सहभागी भएका थिए ।

आगामी वर्ष नेपालमा प्याराग्लाइडिङको विश्वकप हुने तयारी स्वरूप प्रि–वर्ल्डकप आयोजना गरिएको नाका अध्यक्ष योगेश भट्टराईले बताए । डेढ सय देशका २ सय बढी पाइलटको र्‍याकिङका आधारमा सहभागी छनोट भएका हुन् ।

प्रि–वर्ल्डकपको मान्यता पाउन न्यूनतम ३ दिनको उडान तथा ३ दिन पूरा मौसम खुल्नुपर्छ । कुनै घटना भएमा उद्धारका लागि प्रभु एयरलाइन्सको हेलिकप्टर पोखरामा तयारी अवस्थामा राखिएको छ ।

खुलातर्फ ५ विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछन् । मनोरञ्जनात्मक तथा साहसिक हवाई खेलको माध्यमबाट नेपाल र पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यसहित नाले बर्सेनि प्रतियोगिता गर्दै आएको छ । यसै क्रममा ३ वर्षयता प्रि–वर्ल्डकपको तयारी पनि गर्दै आएको छ ।

प्रकाशितः २०७२ फाल्गुन १६

वि.सं.२०७२ फागुन १६ आइतवार १५:३७ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...