back
NMB ad

प्रत्यक्षदर्शी ईश्वर पोखरेल आँखामा रंगेली घटना

Kumari bank ad

युवा संघ नेपालले केही समय पहिलेदेखि आयोजना गरेको “मधेस सम्वाद तथा जनजागरण अभियान’’ अन्तर्गत माघ ७ गते मोरङ्को रंगेलीमा आयोजना गरिएको ‘बृहद जनसभा’ सम्पन्न भएको छ । “मधेसी मोर्चा’’का तर्फबाट सिर्जना गरिएको दबाब, धम्की, थुनछेक तथा आतंकका बीचमा यो जनसभा आयोजना गरियो । प्रतिकूलताका बीचमा पनि कार्यक्रममा हजारौंको संख्यामा जनताको उपस्थिति थियो । पार्टी तथा युवा संघका नेताहरूले मन्तव्य दिइएको उक्त सभा सफलताका साथ सम्पन्न भएको छ । यो कार्यक्रमका बारेमा महिनौं दिन अगाडिदेखि घोषणा गरिएको र त्यसैअनुसार प्रचार–प्रसार गरिएको थियो । यहाँसम्म कि “मधेसी मोर्चा’’का नेताहरूलाई समेत आयोजकहरूले औपचारिक रूपमा कार्यक्रम बारे जानकारी गराउँदै उनीहरूलाई समेत उक्त कार्यक्रममा आउन र आफ्ना विचारहरू समेत सभामा राख्न आग्रह गरेका थिए । सबै क्षेत्र र पक्षका व्यक्तिहरूलाई समेत निम्ता गरिएको थियो ।

तर, यस किसिमको तयारी र व्यवस्थाका बीचमा “मधेसी मोर्चा’’का तर्फबाट कार्यक्रम हुनै नदिने, गर्न खोजे । गौर काण्ड (७ चैत्र, २०६३) र टीकापुर काण्ड (७ भाद्र, २०७२ ) दोहो¥याउन आफूहरू पछि नपर्ने धम्कीपूर्ण भनाइहरू सार्वजनिक गरिन थाले । उत्तेजनात्मक भनाइहरू आउन थाले । उनीहरूका यस किसिमका गतिविधिहरूका बीचमा पनि नेकपा (एमाले) र युवा संघका नेता– कार्यकर्ताहरू ‘मोर्चा’ र सुरक्षा निकायका व्यक्तिहरूसित औपचारिक र अनौपचारिक रूपमा संवाद गर्दै आफ्नो कार्यक्रमका बारेमा जानकारी दिने काम भइनै रह्यो । कार्यक्रमको अघिल्लो दिन अर्थात् माघ ६ गते साँझ कार्यक्रमका लागि तयार गरिदै गरेको मञ्च भत्काउने, आगो लगाउने हिसावले ‘मोर्चा’ सम्बद्ध भनिएका केही व्यक्तिहरू आएर नारा लगाउने, ढुंगा हान्ने तथा मञ्चमा आगो लगाउने समेत प्रयत्न गरियो । तर स्थानीय एमाले सम्बद्ध कार्यकर्ताहरूको सशक्त प्रतिवादपछि उनीहरूको केही जोड चलेन, एमालेका कार्यकर्ताहरू रातभर आफूले बनाएको मञ्चको रक्षा गर्ने र कार्यक्रमलाई थप व्यवस्थित बनाउने काममै लागि रहे !

७ गते कार्यक्रममा सहभागी हुने नेता कार्यकर्ताहरूको उपस्थिति भैसकेको थियो । म स्वयम् जनकपुरको कार्यकर्ता भेला सकाएर धनुषाको ढल्केवरबाट बिहान ७ बजे हिंडेर राजमार्ग हुँदै १०.३० बजे विराटनगर पुगें । विराटनगर पुगेर साथीहरूसितै कार्यक्रम बारे केही सल्लाह गरेर हामीहरू कार्यक्रमस्थल तर्फ लाग्यौं । बाटोभरि सुरक्षा प्रबन्ध राम्रो रहेको देखिन्थ्यो तर कार्यक्रमस्थल वरपर वातावरणलाई आतंकित बनाएको देखिन्थ्यो । पार्टी तथा युवा संघको झण्डा बोकेका समूह–समूह बनाएर विभिन्न ठाउँबाट साथीहरू कार्यक्रमस्थल तिर आइरहेका देखिन्थे । हामी रंगेलीको पश्चिम दिशा (विराटनगर) तिरबाट गएका साथीहरूलाई अवरोध गर्न खासगरी कर्सिया, कटहरी आदि विन्दूमा बाधा पु¥याउन खोजेको देखिन्थ्यो । तर सुरक्षाकर्मी र स्थानीय साथीहरूका कारण खासै वाधा चाहिं भएन ।

कार्यक्रममा सहभागी हुन आइरहेका नेकपा (एमाले) का कार्यकर्ता प्रकाश ढकाललाई हत्या गर्ने हिसावले पाशविक हमला गरियो, उनलाई मर्‍यो भनेर फालियो । संयोगले, उपचारपश्चात उहाँले नयाँ जीवन पाउनुभएको छ र हाल उहाँ खतरामुक्त अवस्थामा उपचारारत हुनुहुन्छ । सभास्थलभन्दा ५ किमि पूर्व रहेको डाइनिया गाउँमा गोली चलेपछि उहाँलाई हत्या गर्ने प्रयत्न गरियो, सांघातिक हमला गरिएको थियो । वितण्डाकारीहरूका यस्ता कामपछि सुरक्षाकर्मीहरूले रोक्ने प्रयत्न गरे !! यसै क्रममा डायनीया – ९ का शिव माझी मारिए ।

हामी कार्यक्रमस्थलमा पुग्दा झण्डै १.१५ बजिसकेको थियो । मलगायत स्थायी कमिटीका सदस्य शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा युवा– खेलकूद मन्त्री सत्यनारायण मण्डल, केन्द्रीय कमिटीका सदस्य तथा कोशी अन्चल ईञ्चार्ज जीवन घिमिरे, मोरङ जिल्ला कमिटीका अध्यक्ष महेश रेग्मी, सुमनराज प्याकुरेल, निरू पाल, महेश बस्नेत, आदि साथीहरू कार्यक्रमस्थलमा पुगेपछि कार्यक्रम शुरू गरिएको थियो । कार्यक्रमस्थलको मैदानमा मानिसहरू जम्मा हुन थाले । नाच्दै गाउँदै आउनेहरूको संख्या पनि उल्लेखनीय देखिन्थ्यो । त्यसै बीचमा, पूर्वतिरबाट कार्यक्रममा सहभागी हुन आउनेहरूलाई बाटोमै छेकी आउन नदिइएको समाचार हामीले सुन्यौं । पूर्वी क्षेत्रबाट आउनेहरू – खासगरी इटहरा, राजघाट, सिंजुवा, झुर्किया, महादेवा, बरडंगा, डाइनियाबाट सभामा सहभागी हुन आइरहेकाहरूलाई रोकियो, उनीहरू चढेको गाडीलाई तोडफोड गरी आगो लगाइयो । यस्ता काम नगर्न आग्रह गर्ने सुरक्षाकर्मीहरूमाथि भीडबाट गोली चलाउने काम गरियो ।

त्यहीँ कार्यक्रममा सहभागी हुन आइरहेका नेकपा (एमाले) का कार्यकर्ता प्रकाश ढकाललाई हत्या गर्ने हिसावले पाशविक हमला गरियो, उनलाई मर्‍यो भनेर फालियो । संयोगले, उपचारपश्चात उहाँले नयाँ जीवन पाउनुभएको छ र हाल उहाँ खतरामुक्त अवस्थामा उपचारारत हुनुहुन्छ । सभास्थलभन्दा ५ किमि पूर्व रहेको डाइनिया गाउँमा गोली चलेपछि उहाँलाई हत्या गर्ने प्रयत्न गरियो, सांघातिक हमला गरिएको थियो । वितण्डाकारीहरूका यस्ता कामपछि सुरक्षाकर्मीहरूले रोक्ने प्रयत्न गरे !! यसै क्रममा डायनीया – ९ का शिव माझी मारिए । उत्तरतिरबाट, खासगरी कानेपोखरी, रमाइलो, होक्लावारी र दर्वेशाबाट सहभागी हुन आउनेहरूलाई रोक्ने कोसिस गरिए पनि रोकिएनन्, सहभागी हुन उनीहरू आइपुगे । तर यसरी हिंसात्मक दवावका वावजूद पनि कार्यक्रम सफलताका साथ सम्पन्न भैरहेको कुराबाट आक्रोशित भएका मोर्चाका मानिसहरूले चारैतिरबाट कार्यक्रम माथि नै हमला गर्ने योजनाका साथ अगाडि बढ्ने प्रयत्न गर्न थाले । यसका लागि हिंसात्मक ढंगले उनीहरूले दवाव सृजना गर्नथाले । कार्यक्रम भैरहेको रंगेलीमा रहेका नेकपा ( एमाले) सम्वद्ध साथीहरूका घरहरूमा आक्रमण गर्ने, आगो लगाउने, तोडफोड गर्ने कामहरू गर्न थाले ।
यसक्रममा एमाले, मोरङ् क्षेत्र नं. ४ अन्तर्गत रंगेली इलाकाका अध्यक्ष दिनेश ठाकुर तथा अखिल नेपाल महिला संघ इलाका अध्यक्ष उषा झा ठाकुर, मोरङ जिल्ला कमिटीका सदस्य तथा रंगेली इलाकाका ईन्चार्ज मनोजकुमार अग्रवाल, मोरङ जिल्ला कमिटीका सदस्य सन्तोषकुमार साहका सामाग्रीहरू डढाइए, पेट्रोल बम हानियो र घर तोडफोड गरियो । रंगेलीमा कार्यक्रम गरिए ‘गौर र टिकापुरको जस्तो घटना दोहो¥याउने’ कुरा अघिल्लै दिन उनीहरूले घोषणा गरिसकेका थिए । यसरी परिस्थितिलाई जटिल बनाउँदै गएपछि, वातावरणलाई हिंसात्मक बनाउने सुनियोजित योजनालाई असफल पार्नैपर्ने थियो । सुरक्षाकर्मीहरूले संयमता अपनाउँदा अपनाउँदै पनि हिंसात्मक उत्कर्षलाई रोक्नुपर्ने आवश्यकता थियो । यसैक्रममा, कार्यक्रम भैरहेकै ठाउँ नजिक मधेसी मोर्चाले बन्दी बनाइराखेका दिनेश ठाकुर र उनकी श्रीमतीलाई रेस्क्यू गर्ने क्रममा रंगेलीको काली मन्दिर अगाडि (कार्यक्रमस्थलबाट केवल २०० मिटर जतिको मात्र दूरी थियो) द्रौपदी चौधरी मारिइन् । र, रंगेली हस्पिटल चोकभन्दा झण्डै २०० मिटर जतिकै दूरीमा ऋषिदेव मारिए । यसभन्दा अगाडि, डायनीयामा आगजनी भइरहेको बेला, कार्यक्रममा सहभागी हुन आइरहेकाहरूमाथि हतियारसहित आक्रमण भैरहेका बेला प्रहरीको गोलीबाट शिवु माझी मारिएका थिए । यी सबै प्रसंगमा वन्दूकसहितका हतियारबाट आफूहरूमाथि आक्रमण हुन थालेको स्वयम् त्यहाँका प्रहरी प्रवक्ताले जानकारी गराइसकेका छन् ।

लोकतान्त्रिक विधिद्वारा आफ्ना कुराहरू जनताका विचमा राख्न जाँदा त्यहाँ जान पाईंदैन, विचार लैजान पाइँदैन, त्यहाँ गए गौर र टिकापुर घटनामा जसरी नरसंहार गर्ने कुराको सार्वजनिक रूपमा ऐलान गर्ने र त्यस अनुरूपनै हिंस्रक गतिविधि संगठित गर्ने कामलाई के भन्ने ? एकातिर ‘तराई–मधेसबाट लखेटिए, अब जान सक्तैनन’ भन्ने अर्कोतिर ती क्षेत्रमा गएर कार्यक्रम गर्न खोज्दा त्यसमाथि सांघातिक हमला गर्न संगठित प्रयत्न गर्ने – यसलाई के भन्ने ? यसलाई फासिष्ट चिन्तन र आचरण बोकेर संगठित गर्न खोजिएको वितण्डा नभनेर के भन्ने ?

यसरी, लोकतान्त्रिक विधिद्वारा आफ्ना कुराहरू जनताका विचमा राख्न जाँदा त्यहाँ जान पाईंदैन, विचार लैजान पाइँदैन, त्यहाँ गए गौर र टिकापुर घटनामा जसरी नरसंहार गर्ने कुराको सार्वजनिक रूपमा ऐलान गर्ने र त्यस अनुरूपनै हिंस्रक गतिविधि संगठित गर्ने कामलाई के भन्ने ? एकातिर ‘तराई–मधेसबाट लखेटिए, अब जान सक्तैनन’ भन्ने अर्कोतिर ती क्षेत्रमा गएर कार्यक्रम गर्न खोज्दा त्यसमाथि सांघातिक हमला गर्न संगठित प्रयत्न गर्ने – यसलाई के भन्ने ? यसलाई फासिष्ट चिन्तन र आचरण बोकेर संगठित गर्न खोजिएको वितण्डा नभनेर के भन्ने ? यस किसिमको बितण्डालाई के भन्ने ? के यस किसिमको व्यवहार केवल जारी संविधानप्रति, त्यसका केही व्यवस्थाप्रतिको असहमति मात्रै हो ? संविधानका कतिपय व्यवस्थाप्रति असहमति जनाउन – विरोध जनाउन पनि सकिन्छ, यहाँसम्म कि तिनलाई संशोधन गर्न संविधानमै गरिएको व्यवस्था अनुसार पहल र प्रयत्न गर्न पनि सकिन्छ । यी सबैलाई स्वभाविक र लोकतान्त्रिक आचरण अनुरूप नै मान्नुपर्छ । तर अहिले जे जस्ता कुराहरू भैरहेका छन् र जेजस्ता गतिविधिहरू भैरहेका छन् र जेजस्ता कुरालाई प्रोत्साहित गर्ने काम गरिदैछ – तिनलाई कसरी लोकतान्त्रिक मान्न सकिन्छ ? के यस्ता गतिविधिहरूले तराई( मधेसमा व्याप्त वर्गीय शोषण–उत्पीडन, सामाजिक विभेद र छुवाछुतबाट मुक्ति र सामाजिक चेतनाको जागरण अभियानलाई अगाडि बढाउन सकिन्छ ? कि उल्टै यस्ता गतिविधिहरूले सयकडौं बर्षदेखि नेपाली जनताले हुर्काउँदै आएको सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ ? यस्ता गतिविधिहरूले नेपाली समाज कमजोर बन्नेछ, नेपाल कमजोर वन्नेछ र नेपालभित्र रहने सबै जाति, भाषा र क्षेत्रका जनता कमजोर हुनेछन् !

यसबीच राजनीतिक गतिविधिहरू र राजनीतिक आवरणमा संचालित गतिविधिहरू त्यसै दिशातर्फ संचालित हुनुपर्ने होइन र ? हामी कसैले पनि आफ्नै सर्वनाशको बाटो नखोजौं !!

प्रकाशित मिति २०७२ माघ ८

स्रोत : दैनिक नेपाल 

वि.सं.२०७२ माघ ८ शुक्रवार १६:५० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...