back
NMB ad

प्रधानमन्त्रीको फ्लाइट ढिलाई गर्ने माथि छानविन

Kumari bank ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भारत भ्रमण पुरा गरेर स्वदेश फर्कने क्रममा भीभीआईपी फ्लाइट झण्डै एक घण्टा ढिला भएको बिषय छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन समिति बनाएको छ ।

नेपाल वायुसेवा निगमको आरए २०१ बाट बुधबार राति ८ः१० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लने तय भएको फ्लाइट एक घन्टा ढिला भएको थियो । प्रधानमन्त्री ओलीकै फ्लाइट ढिला भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोको सत्य तथ्य छानविन गरेर कारवाही प्रक्रिया अगदुई बढाउन सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा चार सदस्यीय समिति बनाएको छ ।

समितिमा वायुसेवा निगमका निर्देशक जनकलाल कालाखेती र नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुभास झा सदस्य र  विमानस्थल फ्लाइट अपरेशन डिपार्टमेण्टका निर्देशक सुधीरकुमार चौधरीलाई सदस्य सचिव तोकिएको छ । वायुसेवा निगमको काम कारवाहीबाट उडान व्यवस्थापनमा लापरवाही हुन गएको भन्दै मन्त्रालयले समिति बनाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले बताए ।

‘अन्तर्राष्ट्रियस्तरको अति विशिष्ट उडानको पूर्व जानकारी हुँदाहुँदै गैर जिम्मेवारीपूर्वक लापरवाही गरेको पाइएकोले उल्लिखित विषयमा छानवीन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न छानवीन समिति गठन गरिएको छ’मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

१३ फागुन २०७२

 

वि.सं.२०७२ फागुन १३ बिहीवार २०:०९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...