back
NMB ad

प्रहरीकै आडमा बालुवा चोरी

Kumari bank ad

काठमाण्डौं । भक्तपुर र काठमाडौंको सिमानाका रुपमा रहेको मनोहरा खोला तथा त्यस आसपासका क्षेत्रबाट प्रहरीकै आडमा व्यापक रुपमा बालुवा चोरी हुने गरेको छ ।

बालुवा चोरी हुने गरेको विषयमा स्थानीयले महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी गर्दा प्रहरीले बेवास्ता गर्दै आएको छ । प्रहरी वृत्त थिमिकै आडमा बालुवा तस्करी हुने गरेको स्थानीयवासीले आरोप छ ।

मनोहरा खोलाको पेप्सीकोला र सानोठिमी जोड्ने पुलदेखि माथि अधिकांश क्षेत्रमा बालुवा चोरी हुने गरेको छ । त्यहाँबाट निकालिएको बालुवा काठमाडौं तथा थिमिको बाटो हुँदै तस्करीले लैजाने गरेको स्थानीयवासी रामशङ्कर थापा बताउँछन् ।

‘प्रहरीले दिनरात हुने बालुवा चोरी नियन्त्रणमा बेवास्ता गर्ने गरेको छ,’ उनले भने । तस्करसँग बालुवा निकाल्न रोक्न आग्रह गर्दा उल्टै धम्की आउने गरेको श्रेष्ठको भनाइ छ । बालुवा चोरीका कारण मनोहरा खोला भासिनुका साथै नजिकका खेतीयोग्य जमिन समेत नष्ट भएको छ । बालुवा झिक्दा वर्षामा बाढी आएर खेतीयोग्य जमिन बगाउने गरेको छ ।

प्रहरी खोलामै जाने तर बालुवाका ट्रक भने नियन्त्रणमा लिने गरेका छैनन् । महानगरीय प्रहरी वृत्त थिमिकै बाटो भएर बालुवाकै ट्रक ओहोर–दोहोर गर्ने भए पनि प्रहरीले बेवास्ता गर्ने गरेको स्थानीयवासीको आरोप छ ।

खोलामा बालुवा झिक्नेलाई कारबाही गर्ने गरेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ । प्रहरीले डोकामा बालुवा झिक्ने सामान्य व्यक्तिलाई समाउने तर ट्रकमा ओसार्नेलाई छाड्ने गरेको छ ।

प्रकाशितः २०७२ फाल्गुन १६

वि.सं.२०७२ फागुन १६ आइतवार १६:५३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...