back
NMB ad

बजार नपाउँदा लाखौंको व्यवसाय धान्न गाह्रो

Kumari bank ad

म्याग्दी । जिल्लाको घार र शिखका गाईपालक कृषकलाई चिज बिक्री घटेपछि लाखौंको नोक्सानी भएको छ।

भूकम्प र नाकाबन्दीले पर्यटक आगमन घटेपछि घार र शिखको पाउद्वारमा उत्पादित चिज बिक्री नहुँदा कृषक मारमा परेका हुन्। म्याग्दी, मुस्ताङ र कास्कीका होटलमा पर्यटक आगमन घटेसँगै चिजको खपत घटेको छ।

प्रोट्रिन तत्व पाइने चिज पर्यटकले रुचाउने परिकार हो। पर्यटक आगमन र चिज बिक्री घटेपछि कृषकलाई लाखौँ नोक्सानी हुनुका साथै उद्योग सङ्कटमा परेका घार गाविस– ५ स्थित हिमालयन चिज उत्पादन सहकारी संस्थाका सचिव श्याम खड्काले बताए।

विसं २०७१ मा रु २३ लाख बराबरको चिज बिक्री गरेको उद्योगमा यस वर्षको दश महिनाको अवधिमा रु १० लाखको चिज मात्र बिक्री भएको छ। करिब रु तीन लाख बराबरको चिज समयमै बिक्री गर्न नसक्दा कुहिएर नष्ट भएको छ।

शिखको पाउद्वारस्थित खयरबाराही चिज उद्योगले समेत बिक्री घटेपछि उत्पादन घटाएको छ। उत्पादन घटाउँदा त्यसको प्रत्यक्ष असर कृषकको आम्दानीमा परेको छ। उनीहरुले उत्पादन गरेको दुध बिक्री नहुँदा नोक्सान भएको हो। पहिले दैनिक ३०० लिटर दूध खपत गर्ने गरेको हिमालयन चिज उद्योगले हाल १०० लिटर मात्र खपत भएको जनाएको छ।

घारका ३० जना बढी कृषकले दैनिक उत्पादन गरेको दुई सय लिटर दूध बिक्री हुन सकेको छैन। लाखौँ लगानी गरेर गाईपालन गरेका कृषक दूध बिक्री नहुँदा मारमा परेका घार– ५ का कृषक नारायण बरुवालको भनाइ छ। कृषकलाई अहिले घाँस, दाना, पानीको खर्च जुटाउन धौधौ भएको छ। रासस

४ फागुन २०७२, २.००

वि.सं.२०७२ फागुन ४ मंगलवार १४:५२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...