back
NMB ad

बर्षा अगावै पुर्ननिर्माणमा जुटौंः एमाले नेताहरु

Kumari bank ad

काठमाडौँ । गएको वैशाखको विनाशकारी भुकम्प पछाडि सबैभन्दा वढि क्षति वाग्मति अञ्चलमै भएको र पुर्ननिर्माणमा जुट्न ढिलाई भएको भन्दै वाग्मति अञ्चलका नेकपा एमाले नेता तथा कार्यकर्ताहरु जुर्मुराएका छन ।

पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेकपा एमाले वाग्मति अञ्चलबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुको समेत उपस्थितीमा एमाले वाग्मति अञ्चल समन्वय कमिटिले मंगलबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

पुर्ननिर्माणको काम वर्षा सुरु हुन अगावै गर्नुेपर्ने, वर्षा अगावै जनताको घर निर्माण भइसक्ने गरी योजना बन्नुपर्ने, सरकारी प्राविधिक, स्थानीय निकायको निगरानी र निरीक्षणमा सरकारले दिएको नमुना मुताविक जनता आफैंलाई आवास निर्माण गर्न पाउनुपर्ने र यसरी बनाइएको घरलाई समेत राज्यबाट दिने ऋण र अनुदान दिनुपर्ने, घर निर्माणका लागि दिइने थप ३ लाख ऋणलाई अनुदानमा रुपान्तरण गर्नुपर्ने, भुकम्प प्रभावित सबै जिल्लामा काम एकैपटक थाल्नुपर्ने, क्षती भएका सार्वजनिक संरचनाको पुर्ननिर्माणको काम तत्काल सुरुवात हुनुपर्ने लगायतका आवाज सहभागीहरुले उठाएका केन्द्रीय सदस्य माधव अर्यालले जानकारी दिए ।

वाग्मति भित्रका पार्टी स्थायी कमिटि, पोलिव्यूरो र केन्द्रीय कमिटिका सदस्यहरू जिल्ला कमिटिका अध्यक्ष तथा पदाधिकारीहरू , सभासदहरू एवम् पार्टीका नेताहरुको उपस्थिती रहेको उक्त भेलामा बोल्दै पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले जनताका आवास र सार्वजनिक संरचनाको निर्माणका सम्बन्धमा प्राधिकरणले हालसम्म गरेका काम र आगामी योजना प्रस्तुत गरेका थिए । सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. यूवराज खतिवडाले भुकम्पबाट प्रभावित क्षेत्रमा आगामी वजेटमा समावेश गरिने विशेष कार्यक्रम बारेमा योजना प्रस्तुत गरेका थिए ।
गत वैशाखमा गएको विनाशकारी भूकम्पले वाग्मति अञ्चलका विभिन्न जिल्लाहरु सबैभन्दा वढि प्रभावित भएको, मानवीय र भौतिक दृष्टिबाट समेत सबैभन्दा वढि क्षति यीनै जिल्लामा भएको कारण राज्यको ध्यान यतैतर्फ केन्द्रीत हुनुपर्ने भएको हुँदा, नेकपा एमाले पार्टीको ध्यान यसैतर्फ केन्द्रित रहोस भन्ने उदेश्यले यस किसिमको अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको अर्यालले जानकारी दिए ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् वागमति अञ्चल इञ्चार्ज अरुण नेपालको अध्यक्षता र सह इञ्चार्ज एवम् सांसद शेरबहादुर तामाङले सञ्चालन गरेको उक्त कार्यक्रममा अनुशासन आयोगमा अध्यक्ष एवम् सांसद अमृतकुमार बोहोरा, पार्टी पाेलिटब्युराे सदस्य पूर्व मन्त्री राजेन्द्रप्रसाद पाण्डे, पार्टी पाेलिटब्युराे सदस्य पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे लगायतका पार्टीका केन्द्रीय नेताहरुको समेत उपस्थिती रहेको थियो ।

२ चैत २०७२ / ६:०५:41

वि.सं.२०७२ चैत २ मंगलवार १८:१४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...