back
NMB ad

बिहिबार एसिड आक्रमणमा परेकी चौधरीको अवस्था खतरामुक्त

Kumari bank ad

काठमाण्डौं । दाङको घोराहीमा एसिड आक्रमणमा परेकी  ३५ वर्षीया रिता चौधरीलाई थप उपचारका लागि मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको छ ।

बिहिबार साँझ  ७ बजेतिर दाङको घोराही नगरपालिका–२ स्थित प्रहरी स्कुल नजिकै किराना पसलमा मास्क लगाएका अपरिचित व्यक्तिले चौधरी माथि  एसिड प्रहार गरेर भागेका थिए ।
एसिड प्रहारबाट चौधरीको दाहिने गाला, आँखाको नजिकको भाग, घाँटी र छातीमा समेत चोट लागेको छ।

दाङको घोराहीस्थित उपक्षेत्रीय अस्पलातमा प्राथमिक उपचार पछि उनलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो।
कोहलपुरले थप उपचारका लागि शिक्षण अस्पताल नेपालगन्जमा रिफर गरे पछि शुक्रबार साझ उनलाई शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको छ।

मास्क लगाएको एक व्यक्तिले चुरोट दिनु भन्यो, अर्को ब्यक्ति मोटरसाइकलमा थियो।  चुरोट दिइ सकेपछि फेरि नमकिन दिनु भन्यो  नमकिन दिंदै गर्दा एसीडले  छ्यापेर उनीहरु मोटरसाइकलमा चढी फरार भएको घाइते चौधरीकी आमा गुधासी चौधरीले बताइन।

उनको स्वास्थ्य अवस्था खतरामुक्त छ। एसिडले जलेकी चौधरीको प्लाष्टिक सर्जरी गरेर थप उपचार गरिने उपचारमा संलग्न प्लाष्टिक सर्जन डा। विनोद कर्णले बताए। शनिबार दिउसो २ बजे  पहिलो चरणको अप्रेशन गर्ने गरी उपचारको प्रबन्ध मिलाइएको कर्णले बताए।

कस्ले के कारणले चौधरी माथि एसिड आक्रमण गरेको हो भन्ने बिषयमा अनुसन्धान भईरहेको दाङका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए। एसिड आक्रमणमा संलग्न भएको ब्यक्तिलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङले विशेष टोली परिचालन गरेको छ।

आर्थिक लेनदेन ,जग्गा लगायत अन्य विवाद भएका ब्यक्तिले नै एसिड आक्रमण गराएको भन्दै धाइतेका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका छन।एसिड आक्रमणमा संलग्न भएको व्यक्तिको पहिचान भइ सकेकाले  छिटटै पक्राउ पर्ने प्रहरी उपरीक्षक कडायतले बताए।

 २०७२ फाल्गुन २९

वि.सं.२०७२ फागुन २९ शनिवार १०:४५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...