back
NMB ad

बेइजिङ बन्यो अर्बपतिहरुको शहर

Kumari bank ad

बेइजिङ । अमेरिकालाई पछि पार्दै चीन धेरै अर्बपतिहरुको देश बनेको छ भने बेइजिङले पहिलो पटक अर्बपतिको संख्यामा न्युयोर्कलाई पछाडि पारेको छ ।

अहिले बेइजिङमा एकसय जना अर्बपति बस्छन् भने न्यूयोर्कमा ९५ जना अर्बपति बस्ने गरेको हालै चीनको हुरुन रिसर्च फर्मको नयाँ अध्ययनले देखाएको छ। त्यस्तै चीनकै साङ्घाई सहर धेरै अर्बपति बस्नेमा पाँचौ नम्बरमा आएको छ । हुरुन रिसर्च फर्मले पछिल्लो पाँच वर्षमा विश्वभरिमा भएका अर्बपतिहरुको सम्पत्तीको बारेमा अध्ययन गरेको थियो । अमेरिकी डलरमा उनीहरुको सम्पत्ती हिसाब गरिएको छ।

अनुसन्धान अनुसार गत एक वर्षमा बेइजिङमा ३२ जना नयाँ अर्बपति थपिए भने न्युयोर्कमा जम्मा चारजना मात्र अर्बपति थपिएका छन्। चीनमा पाँचसय ६८ जना अर्बपति भइसकेका छन् भने अमेरिकामा पाँचसय ३५ जना अर्बपति रहेका छन्। चीनभरमा यो वर्षमात्रै ९० जना नयाँ अर्बपति भएका थिए।

अर्बपतिको संख्याका आधारमा चीन अगाडि रहेपनि सम्पत्तीको आधारमा पहिलो १० जना भने अमेरिकी धेरै छन् ।

बीबीसी, १४ फागुन २०७२, १०.००

वि.सं.२०७२ फागुन १४ शुक्रवार १०:५८ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...