back
NMB ad

भारतको औद्योगिक क्षेत्रमा प्रधानमन्त्री ओली, आज स्वदेश फर्कदै

Kumari bank ad

नयाँ दिल्ली । भारतको छ दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मुम्बइस्थित औद्योगिक पार्कमा रहेको हिन्दूस्तान युनिलिभर लिमिटेडमा पुगी त्यस कम्पनीको उत्पादन र विश्वव्यापी बजार सञ्जालबारे जानकारी लिएका छन्।

उपभोक्ताका लागि दैनिक जीवनमा आवश्यक सामग्रीको उत्पादन गरी विश्वका अन्य मुलुकमा पनि निर्यात गर्दै आएको सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मेहताले त्यहाँको कार्यसञ्जालबारे अवगत गराएका थिए।

युनिलिभर नेपालका अध्यक्ष प्रदीप बनर्जी र नेपालका उद्यमी रविभक्त श्रेष्ठले सो कम्पनीलाई नेपालमा लगानी बढाउने सम्भावनाबारे अवगत गराएका थिए। सो कम्पनी भारतकै ठूला कम्पनीमध्ये एक मानिन्छ।

नेपाली प्रमण्डलले नेपालमा विशेष आर्थिक क्षेत्रको स्थापना, लचिलो श्रम कानुन र लगानीको सुरक्षाको वातावरण भएकाले नेपालमा लगानी बढाउन र कतिपय उत्पादन नेपालमा गरेर भारत निर्यातको व्यवस्थाका लागि सहकार्यको प्रस्ताव गरेको थियो।

प्रधानमन्त्रीकासाथ अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, मुख्य सचिव डा सोमलाल सुवेदी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी राधेश पन्त तथा अन्य नेपाली व्यवसायीलगायत थिए।

प्रधानमन्त्री ओली यहाँका व्यवसायी र कलाकारसँगको भेटवार्तापछि आजै स्वदेश फर्कनेछन्। भ्रमणका बारेमा दुई देशबीच जारी हुने संयुक्त प्रेस विज्ञप्तिका विषयमा भने औपचारिक जानकारी दिइएको छैन। रासस

१२ फागुन, २०७२, १.३०

वि.सं.२०७२ फागुन १२ बुधवार १३:४० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...