back
NMB ad

भारतीय हस्तक्षेप विरुद्ध उर्लिए विद्यार्थी

Kumari bank ad
अघोषित रूपमा भारतले लगाएको नाकावन्दीका बिरुद्व रुपन्देहीमा क्रियाशिल विभिन्न ६ विद्यार्थी संघसंगठनले बिरोध गरेका छन्। भारतीय हस्तक्षेपका बिरुद्व केहीदिन यतादेखि विद्यार्थी संघसंगठनहरुले संयुक्त रुपमा बिरोधका कार्यक्रमहरु गर्दै आएका छन्।
विभिन्न पार्टी निकट ६ विद्यार्थी संगठनहरुको संयुक्त संघर्ष समितिले भारतले गरेको अघोषित नाकावन्दीको बिरोध गर्दै आएका हुन्। नेपालको आन्तरिक मामिलामा भारतले अनावश्यक रुपमा हस्तक्षेप गरेको बिरोधमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी बिरोध जनाउँदै आएको संयुक्त संघर्ष समितले बुधवार बुटवलमा बिरोध र्‍याली निकालेको छ।
विद्यार्थी संघसंगठनहरुको सयुक्त संघर्ष समिति र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले संयुक्त रुपमा बुटवलमा बुधबार विरोध र्‍याली निकालेका हुन्।
यस क्षेत्रका विभिन्न नीजि तथा सामुदायिक क्याम्पसहरुमा अध्यनरत विद्यार्थीको सहभागितामा निकालिएको बिरोध र्‍यालीले बुटवल बजार परिक्रमा गरी ट्राफिकचोकमा सभा गरेको थियो।
बिरोध सभामा अनेरास्ववियुका रुपन्देही अध्यक्ष सन्दिप वि.क, नेविसंघका जिल्ला सचिव विक्रम शेरचन, अनेरास्ववियु छैठौंका क्षेत्रीय सदस्य सुमन भण्डारी, अखिल क्रान्तिकारीका जिल्ला संयोजक अनुप पोखरेल, माधव पाण्डे, नेक्राविसंघका जिल्ला अध्यक्ष रामचन्द्र श्रेष्ठ, सिर्जना क्षेत्री, सुरक्षा आचार्य लगायतका विद्यार्थी नेताहरुले बोल्दै भारतले अन्तर्राष्ट्रिय कानुन मिचेर हस्तक्षेप गरेको भन्दै भारतसंग नझुक्न दलका नेताहरुलाई सुझाव दिएका छन्।
भारतको अनावश्यक हेपहा प्रवृत्तिको सामु झुकिएकै कारण नेपाल आत्मनिर्भर बन्न नसकेको विद्यार्थी नेताहरुले बताएका छन्।

वि.सं.२०७२ असोज १४ बिहीवार १७:४० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...