back
NMB ad

भूकम्पपीडितलाई नक्सापासमा शतप्रतिशत छुट

Kumari bank ad

भक्तपुर । भक्तपुर नगरपालिकाले भूकम्पबाट पूर्ण रुपमा घर भत्किएका पीडितलाई नयाँ घर बनाउन नक्सा पासमा लाग्ने शुल्कमा १०० प्रतिशत छुट दिने निर्णय गरेको छ।

भूकम्पपीडितलाई राहत दिने उद्देश्यले नगरपालिकाले छुटको व्यवस्था गरेको हो। भूकम्पबाट घर भत्किएको साविक जग्गामा परम्परागतशैलीको भूकम्प प्रतिरोधी घर बनाउनेलाई नक्सा पासमा लाग्ने सम्पूर्ण दस्तुर छुट दिने निर्णय गरेको नगरपालिकाका कार्यकारी अधिकृत कमला घिमिरेले जानकारी दिए।

भूकम्पबाट पूर्ण रुपमा घर भत्किएको साविक जग्गामा सिमेन्टको जोडाइबाट परम्परागत शैलीको देखिने गरी भूकम्प प्रतिरोधी घर बनाउनेलाई नक्सा पासमा ७५ प्रतिशत तथा आंशिक क्षति भएको ‘ख’ वर्गको भूकम्पपीडितलाई नक्सा पासमा ५० प्रतिशत मात्र छुट दिने व्यवस्था गरेको छ।

यस्तै मध्यपुरथिमि नगरपालिकाले पूर्ण घर क्षति भएका पीडितलाई घर पुनःनिर्माण गर्न नक्सा पास गर्दा दस्तुरमा ७५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ। नगरपालिकाले नयाँ घर निर्माण गर्दा लाग्ने ढल सेवा शुल्क दस्तुरमा समेत ५० प्रतिशत छुटको व्यवस्था गरेको नगरपालिकाका कार्यकारी अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए।

‘क’ वर्गको भूकम्पपीडितलाई आगामी दुई वर्षको घरजग्गा कर छुट दिने व्यवस्था गरेको छ भने भूकम्पपीडित परिवारका सदस्यका लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा समेत सञ्चालन गरिने सापकोटाको भनाइ छ। रासस

माघ १७, २०७२ २.००

वि.सं.२०७२ माघ १७ आइतवार १४:२२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...