back
NMB ad

मरेको कुखुराको मासु खाँदा एकको मृत्यु दुई सिकिस्त

Kumari bank ad

कञ्चनपुर । यहाँ मरेको कुखुराको मासु खाँदा ६ वर्षीया बालिकाको मृत्यु भएको छ उनका आमा र दाजु सिकिस्त भएका छन् ।

मरेको कुखुराको मासु खाँदा झलारी–पिपलाडी नगरपालिका–११ दीपनगर बस्ने ६ वर्षीया गोलमा विकको मृत्यु भएको हो। विककी आमा ३५ वर्षीया नन्दा र दाजु आठ वर्षीय निलम सिकिस्त छन्। दुबैजनाको झलारीस्थित ‘न्यू झलारी क्लिनिक’मा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले जानकारी दिए।

बुधबार साँझ विक परिवारले बाटोमा भेटिएको मरेको कुखुरा पकाएर खाँदा उनीहरु विरामी परेका थिए। गोलमाको आज घरमै मृत्यु भएपछि उनकी आमा र दाजुलाई उपचारका लागि झलारीस्थित क्लिनिकमा पुर्‍याइएको छ। उनीहरुको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक रावलले बताए।

मरेको कुखुरा खाएपछि तीनजनालाई पखाला लागे पनि घरमै सामान्य उपचार गर्दै आएका थिए। बालिकाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाउने तयारी गरिरहेको उनले बताए। रासस

माघ २२, २०७२/ १.३०

वि.सं.२०७२ माघ २२ शुक्रवार १३:४७ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...