back
NMB ad

मलेसियाबाट स्वदेश फर्केका १२ जना नेपालीको राहदानी नक्कली

Kumari bank ad
काठमाडौं  । दुई साता अघि मलेसियाबाट स्वदेश फर्केका  १२ जना नेपालीको राहदानी संकास्पद लागेर पक्राउ गरि सुरु गरिएको अनुसन्धानले सबै राहदानी नक्कली भएको प्रमाणित भएको छ । राहदानी तथा ट्राभल डकुमेन्टमा राखिने व्यक्तिगत पाना तथा विवरणलाई लेमिनेसनले छोपेर नयाँ पाना तथा विवरण राखेको पाइएको थोयो ।
यो तथ्यसंगै नेपालको मेसिन रिडेबल पासपोर्ट । अध्यागमन विभागले नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासको सहयोगमा यसबारे छानबिन अघि बढाएको विभागका महानिर्देशक केदार न्यौपानले बताए । उनले नेपालदेखि मलेसियासम्म नै त्यस खालको गिरोह सक्रिय रहेको हुनसक्ने पनि बताए ।
परराष्ट्र मन्त्रालयले १२ जना नेपालीले कसरी त्यस खालका राहदानी पाउन सफल भए भन्ने विषयमा क्वालालम्पुरस्थित नेपाली राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातसँग जानकारी मागेको थियो । राजदूत बस्न्यातले उनीहरूले कुनै गिरोहको सहयोगमा सक्कली राहदानीभित्र लेमिनेसन गरी त्यस्तो हर्कत गरेको हुनसक्ने जबाफ मन्त्रालयलाई दिएका छन् ।
राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले सक्कली राहदानीलाई लेमिनेसनले छोपेर नयाँ पाना तथा विवरण राख्न सफल भएका ती नेपालीमाथि छानबिन भइरहेको जानकारी दिए । मलेसियाली अध्यागमन तथा त्यहाँ सक्रिय रहेको गिरोहको सहयोगमा यस्तो काम भएको हुनसक्ने आशंका गरिएको सरकारी अधिकारीले बताए ।
गैरकानुनी रूपमा ट्राभल डकुमेन्ट बनाएर स्वदेश फर्किएपछि पक्राउ पर्नेमा छत्रबहादुर ठाडा, कमानसिंह घर्ती, सत्यनारायण साह, हजरत अलि तेली, अर्जुनकुमार गुप्ता, राजेन्द्र खत्री, रामचलित्र मुखिया र श्यामकुमार राई छन् । त्यस्तै नक्कली राहदानी बनाएर स्वदेश फर्किनेमा पदम धानुक र दीपनारायण साह छन् ।
मलेसियास्थित नेपाली दूतावासले त्यसरी गैरकानुनी बनेका थुप्रै नेपालीलाई ट्राभल डकुमेन्ट सहज रूपमा उपलब्ध गराएर नेपाल फर्काइसकेको छ । गत दुई वर्षमा ५५ हजारजतिले मलेसियास्थित दूतावासबाट स्वदेश फर्किन ट्राभल डकुमेन्ट लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गैरकानुनी रूपमा बसिरहेका नेपालीले स्वदेश फर्किन विभिन्न गिरोहको सहयोग लिने गरेका छन् । मलेसियास्थित नेपाली दूतावासले मलेसिया सरकारलाई गैरकानुनी रूपमा रहेका नेपालीलाई स्वदेश फर्काउन अझै केही समय थप्न आग्रह गरिरहेको छ । मलेसियाले भने त्यसमा कुनै प्रतिक्रिया दिएको छैन ।
प्रकाशित मिति १५ माघ, २०७२, ११:२६:५२

वि.सं.२०७२ माघ १५ शुक्रवार ११:२७ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...