back
NMB ad

मलेसियामा नेपालीसहित ९७१ जना कामदार पक्राउ

Kumari bank ad

काठमाण्डौं । मलेसियाले गैरकानुनी आप्रवासी कामदारविरुद्ध गत शुक्रबार रातिदेखि थालेको देशव्यापी कारबाहीमा ९७१ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कति नेपाली छन् भन्ने जानकारी पाउन सकेको  छैन ।

यद्यपी अध्यागमन विभागका अधिकारीलाई उद्र्धत गर्दै स्थानीय समाचार संस्था बर्नामा प्रकाशित समाचारअनुसार अध्यागमन विभागले मलकामा सञ्चालन गरेको कारबाहीमा १ सय ६१ जना नेपाली पक्राउ परेका छन् ।

यही फेब्रुअरी १५ देखि गैरकानुनी कामदारलाई वैद्य भई रोजगारी गर्न पाउनेगरि दर्ता प्रक्रिया थालेको मलेसियाले शुक्रबार रातिदेखि ती कामदारहरुविरुद्ध खोजी एवं कारबाही तीब्र पारेको हो ।

अध्यागमन अधिकारीहरुले साइबरजया, क्वाला तेरेंगानु, पेनांगस्थित बुकित मेतारजाम, स्रेम्बान र इपो लगायत क्षेत्रमा गरिएको कारबाहीमा उक्त संख्यामा गैरकानुनी आप्रवासी पक्राउ परेका उल्लेख गरेका छन् । पक्राउ पर्नेमाथि परिचय खुल्ने कानुनी कागजातहरु नभएका र ओभरस्टे अवस्थामा रहेको लगायतका आरोप छ र उनीहरुलाई थप अनुसन्धानका लागि अध्यागमनको डिपोमा राखिएको जनाइएको छ ।

मलक्का बाहेक अन्य क्षेत्रमा पक्राउ पर्नेहरुमा नेपाली रहे वा नरहेको केही जानकारी पाउन सकिएको छैन । पक्राउ पर्नेहरु नेपालीसहित बंगलादेशी, इण्डोनेसियाली, भारतीय, बर्मेली, चिनियाँ, श्रीलंकनहरु रहेका र तीमध्ये कतिपय महिला कामदार रहेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

करिब २१ लाख आप्रवासी कामदार वैद्यरुपमा कार्यरत रहेको भनिएको मलेसियामा झण्डै त्यति नै संख्यामा गैरकानुनी कामदार रहेको हुनसक्ने अनुमान छ । उसले मुलुकमा रहेका गैरकानुनी कामदार हटाउन सन् २०११ मा आममाफी एवं वैद्य हुने अवसरसहितको कार्यक्रम सञ्चालन गर्दा पनि यस्तै कडा कारबाही अभियान चलाएको थियो । त्यतिबेला पनि हजारौं आप्रवासी कामदार पक्राउ परेका थिए । तीमध्ये कतिपय नेपाली पनि थिए ।

समाचारअनुसार गतवर्ष यस्तै कारबाहीमा करिब ६० हजार गैरकानुनी आप्रवासी कामदार पक्राउ परेका थिए । गत बिहीबारसम्ममा ८ हजार ५८ जना कामदारलाई उनीहरुकै देश फिर्ता पठाइसकिएकोसमेत उल्लेख गरिएको छ ।

प्रकाशितः कान्तिपुर दैनिक, २०७२ फाल्गुन ९

वि.सं.२०७२ फागुन ९ आइतवार १७:१८ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...