back
NMB ad

मलेसियाले नेपालबाहेकका मुलुकबाट पनि सुरक्षागार्डहरु लिने संकेत

Kumari bank ad

काठमाण्डौं  । मलेसियाले नेपालबाहेकका मुलुकबाट पनि सुरक्षागार्डहरु लिने संकेत गरेको छ । उसले नेपाली गार्डहरुको सीमित आपूर्तिका कारण सुरक्षागार्ड अभाव जनाउँदै नेपालीलाई मात्र दिँदै उक्त अवसरबारेको ‘नीति’ मा समीक्षा गर्ने जनाएको छ ।

नेपालबाट मागअनुसार सुरक्षागार्डको आपूर्ति हुन नसकेकाले अब राम्रो सप्लाई गर्नसक्ने श्रीलंकाजस्तो स्रोत मुलुकबाट गार्ड लिन सकिने सरकारी अधिकारीको भनाई उद्धृत गर्दै स्थानीय एक दैनिकले खबर छापेको छ ।

‘हामीले सैन्य पृष्ठभूमी भएका सुरक्षागार्डको लागि राम्रो आपूर्ति गर्नसक्ने श्रीलंकाजस्ता अन्य स्रोत मुलुकहरुमा हेर्न सक्छौं,’ उप(गृहमन्त्री नुर जजलानले द स्टार दैनिकसँग भनेका छन्, ‘पहिले गुर्खाज्हरुको प्रतिष्ठाको कारण नेपालीको लागि यो क्षेत्र सुरक्षित थियो । नेपाली गार्डको सीमित आपूर्तिले गर्दा अन्य देशबाट पनि सुरक्षागार्ड लिन मलेसियाली कम्पनीहरुलाई बाध्य बनाएको छ ।’

मलेसियाले गत सन् २००६ मा सुरक्षागार्डमा नेपाली गार्ड (गुर्खाज्–सैन्य पृष्ठभूमी भएका) लाई मात्र सुरक्षाक्षेत्रमा लिने ‘नीति’ ल्याएको थियो । उसले अन्य मुलुकबाट पनि सुरक्षागार्ड लिने निर्णय गरेमा नेपालीको माग घट्ने र दशकसम्म पाउँदै आएको एकमात्र आकर्षक अवसर गुम्ने देखिन्छ ।

‘अब अरु मुलुकका लाई समेत यस क्षेत्रमा खुला गर्‍यो भने नेपालीको माग ह्वात्तै घट्नेछ,’ मलेसियास्थित एकजना नेपाली व्यवसायी भन्छन्, ‘नेपाली रोजगार व्यवसायीले पनि योग्य गार्ड पठाउनुपर्दछ, र नेपालीमाथि लागेको दाग मेटाउनुपर्दछ । नत्र नेपालीले दशकयता पाउँदै आएको अवसर गुम्नेछ ।
प्रकाशितः २०७२ फाल्गुन २३

वि.सं.२०७२ फागुन २३ आइतवार १५:०८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...