back
NMB ad

माछा पालनबाट १० लाखसम्म आम्दानी

Kumari bank ad

प्यूठान । पछिल्लो समय जिल्लामै व्यावसायिक माछापालन गर्ने किसान बढेका छन् । कृषि व्यवसायमा संलग्न कृषक माछाबाट मनग्य आम्दानी हुन थालेपछि व्यवसायमा आकर्षित भएका हुन्।

दश वर्षयता माछापालन गर्दैआएका मरन्ठाना–४ का दिनबहादुर जीसी जिल्लाकै उत्कृष्ट माछापालक कृषक बनेका छन्। सुरुमा एक रोपनी जग्गामा माछा पालन सुरु गरेका जीसी अहिले यही व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन्।

कमन कार्प जातका ५०० भुराबाट माछापालन व्यवसाय थालेका जीसी सुरुको अवस्थामा ज्ञान नहँुदा मनग्य आम्दानी गर्न नसकिएको बताउँछन्। अहिले वार्षिक रु पाँच लाखसम्मको आम्दानी हुन थालेको उनको भनाइ छ। बाह्र रोपनी जग्गामा १० वटा पोखरी बनाई उनले माछापालन गर्दैआएका छन्।

प्रतिकिलो रु ४०० मा माछा बिक्री गर्दै आएका जीसी जिल्लाका विभिन्न ठाउँबाट माछा किन्न घरमै ग्राहक आउँछन्। यस्तै प्यूठान नगरपालिका खैराका १० जना कृषकले रु ५५ लाखको लागतमा माछापालन सुरु गरेका छन्। उनीहरुले वार्षिक रु आठ लाखदेखि रु १० लाखसम्मको आम्दानी लिन थालेका छन्।

“उत्पादन गर्न प्राविधिक समस्या हुने गरेको छ,” कृषक छन्दबहादुर बस्नेतले भने। जिल्लाको झिमरुक उपत्यका तथा माडि क्षेत्र माछापालनका लागि उत्तम क्षेत्र मानिन्छ। वरिष्ठ कृषि विकास अधिकृत शिवनारायण चौधरी अनुदान दिन थालिएपछि जिल्लाका करिब दुई सय कृषक माछापालन व्यवसायमा प्रत्यक्ष रुपमा जोडिएका बताउँछन्।

दुई सय वर्गमिटर क्षेत्रफलको आधारमा रु २० हजारका दरले मत्स्यपालन र पोखरी निर्माणका लागि अनुदान दिने गरिएको छ। जिल्लाको मरन्ठाना, खलङ्गा, ओखरकोट, बाँदीकोट, चुँजा, तुषारा, बिजुली, धर्मावती, बिजुवार र बर्जिवाङका किसानले व्यावसायिक रुपमा माछापालन गर्दैआएका छन्। रासस

४ फागुन २०७२, २.००

वि.सं.२०७२ फागुन ४ मंगलवार १४:३८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...