back
NMB ad

मेगा बैंक र क्लियरिङ हाउसबीच अन्तर बैंकिङ विद्युतीय भुक्तानी प्रणाली सम्झौता

Kumari bank ad

माघ ५, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (आइपीएस) सेवाको सम्झौता भएको छ ।

सम्झौतामा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभयो ।

अब क्लियरिङ हाउसले अन्तर बैंक विद्युतीय भुक्तानी सेवा सञ्चालनका लागि मेगा बैकलाई प्रणाली उपलब्ध गराउनेछ । त्यसपछि मेगा बैंकले अन्तर बैंक भुक्तानीको सेवा सुरुवात गर्नेछ । सम्झौताअनुसार कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुको खातामा भुक्तानी दिने र लिने लगायत कारोबारहरु स्वचालित रुपमा सञ्चालन हुनेछ ।

यो प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको रकम स्थानान्तरण, लाभांश भुक्तानी, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन तलब र भुक्तानी, रेमिट्यान्स लगायतका भुक्तानी दिने तथा लिने सेवा सञ्चालन हुने बताइएको छ । प्रणालीमार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबार पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत सरल भुक्तानी सेवासमेत ग्राहकलाई प्रदान गर्न सकिने मेगा बैंकले जनाएको छ ।

मेगा बैंकका अहिले देशभर २९ वटा शाखा, ५३ स्थाामा शाखारहित बैंकिङ सेवा, ३२ वटा मेगा मनी मेशिन र १३ सय ४४ भन्दा बढी स्थानमा रेमिट्यान्स सञ्जाल छ ।

वि.सं.२०७२ माघ ५ मंगलवार १५:४८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...