back
NMB ad

मैले किन राजिनामा गरेँ ?

Kumari bank ad

नेपाल पुर्वाधार विकास कम्पनी मेरो मात्र होइन निजी क्षेत्रकै ड्रिम प्रोजेक्ट हो । ८० प्रतिशत लगानी जुटिसकेको परियोजना अगाडि भने वढ्न सकिरहेको छैन ।

राजनीतिक अस्थिरता, संक्रमणकालजस्ता कुराले काम गर्न केही कठिन भएको छ । तैपनि लगानी जुटाउनका लागि अग्रसर भइरहेका बेला मैले सञ्चालक समितिको अध्यक्षबाट राजिनामा गर्नु परेको छ ।

८० प्रतिशत लगानी ल्याउनका लागि संस्थापक तथा प्रबद्र्धकहरुबाट पनि २० प्रतिशत सेयर लगानी गर्नु पर्ने हुन्छ । ३५ अर्बको आयोजनाका लागि २० प्रतिशत अर्थात सात अर्ब रुपैयाँ हामीले हाल्नु पर्ने हुन्छ । आयोजना अगाडि लैजान सकिएन भने लागत बढ्दै जान्छ, जसले गर्दा लगानीको मात्रा थप्दै लैजानु पर्ने हुनसक्छ । हामी अहिले सात अर्ब जुटाउन लागिरहेका थियौं । तर राजनीतिक अस्थिरता र संक्रमणका कारण पैसा उठिरहेको थिएन ।

विभिन्न कारणले गर्दा लगानी जुट्न नसक्नु एउटा पक्ष भयो । तर, लगानी जुट्न नसकेको कुरालाई मूख्य विषयबस्तु बनाएर सिस्नेरी र कुलेखानीका पुराना लगानीकर्ताहरु जसले १० हजारदेखि एक लाख रुपैयाँसम्मको सेयर हालेका थिए उनीहरुलाई उचालेर यहाँ राजनीति गर्न खोजिएको छ ।

तपाईले कुनै पनि हालतमा सक्नु हुन्न र तपाईले जे गरे पनि हामी मान्दैनौं भन्ने खालको कुरा केही सेयरधनीहरुले नियमित उठाइरहेका थिए । यो माग उनीहरुले स्वस्फुर्त उठाइरहेका थिएनन्, उनीहरुलाई कसैले व्याकअप गरिरहेको थियो । त्यहाँको सभासद सुभाष ठकुरी कहिले पनि हामीसँग सकारात्मक थिएनन् । उनले यसैलाई मुद्दा बनाएर राजनीति गरिरहेका थिए । अर्कोतिर हामीले नै स्वतन्त्र सञ्चालकका रुपमा लिएर आएको लाल केसी पनि मान्छे उक्साउने काममा लागे । उनी मलाई हटाएर आफू स्थापित हुन चाहिरहेका थिए ।

केसीले आफ्ना मागहरु वैधानिक रुपमा उठाइरहेका थिएनन् । उनले नियम कानुनको बाटोलाई मानेका थिएनन् । किनभने नियमसंगत रुपमा जाँदा कुनै पनि बिषय सञ्चालक समितिमा आउनु पर्छ । सञ्चालक समितिमा मेरो पक्षको वहुमत भएकाले उनले नियमसंगत बाटो छाडेका हुन् । बहुमतले नसक्ने भएपछि बलमिच्याइ गरेर, मान्छेहरु ल्याएर, भिडाएर तर्साउने गतिविधि उनले सुरु गरे ।

मेरो घरमा फोन गर्ने, तलाई म जहाँ गएपनि छाड्दिन हातखुट्टा भाँचिदिन्छु भनेर एसएमएस गर्ने उहाँहरुले गर्नु भयो । डर त्रास देखाउने काम भयो ।

उनको गतिविधिका कारण सञ्चालक समिति कसरी चल्छ ? यो तरिका ठिक होइन भन्ने मेरो कुरा थियो । मैले सकिन भन्ने लाग्छ भने तपाई अगाडी वढ्नुस् नतसम्म मैले भने । मेरो राजिनामाको निकासले यदि बाटो बन्छ भने मलाई आपत्ति छैन । मलाई नाम पनि चाहिएको होइन । मलाई दाम पनि चाहिएको होइन । मलाई काम मात्र चाहिएको हो । त्यो आधारमा गर्न सक्ने कुनै प्रस्ताव छ भने लिएर आउनुस् भनेर मैले केसीलाई भनेको थिएँ ।

तर उहाँ त अराजक गतिविधिमा उत्रनु भयो । बलपुर्वक भयो भने कुनै पनि कर्पोरेट अगाडी वढ्न सक्दैन । फ्याक्ट्री बन्द गर्ने, हुलहुज्जतमा उत्रने, मान्छे कुटपिट गर्ने खालका गतिविधि विगतमा हुन्थे त्यो संस्कार हुर्किएर अहिले यति ठूलो कर्पोरेटमा पनि छिर्यो । यसको पछाडी पक्का पनि व्याकअप छ । उनीहरुले हुलहुज्जत गरे भनेर हामीले पनि गर्ने त होइन । त्यस्तो कसैले गर्छ भने हामीले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउने हो । हामीले त्यही गर्यौं । कर्मचारी बन्दी बनाए, कार्यालय बन्द गरे हामीले त्यसको जानकारी सिडिओलाई गरायौं । पाँच दिनसम्म कम्पनी बन्द भयो । हामी कानुनी प्रकृयामा गयौं, उहाँहरु भने बलमिच्चाइ गरेर जान खोज्नु भयो ।

मेरो घरमा फोन गर्ने, तलाई म जहाँ गएपनि छाड्दिन हातखुट्टा भाँचिदिन्छु भनेर एसएमएस गर्ने उहाँहरुले गर्नु भयो । डर त्रास देखाउने काम भयो । मैले त्यसको जानकारी प्रहरीलाई गराइसकेको छु ।

एकातिर बलपुर्वक भयो । अर्कोतिर मैले छाडेपछि बाटो बन्छ भन्ने कुरा आएपछि मैले राजीनामाबाट निकास दिन खोजेको हो । तर राजिनामामा मेरा केही सर्तहरु छन् ।

मैले छाडेपछि आयोजना कसरी बनाउने भन्ने प्रस्ताव ल्याउन भनेको छु । त्यो प्रस्ताव सञ्चालक समितिमा आउँछ । उनले ल्याएको बाटो बनाउने प्रस्ताव सञ्चालक समितिलाई चित्तबुझ्दो लागेमा मेरो राजिनामा स्वीकृत गर्ने सर्तसहित राजिनामा गरेको हुँ । राजिनामामा पनि यहाँ राजनीति गर्न खोजियो । सञ्चालकमा मात्र सीमित रहेको त्यो शिलबन्दी राजिनामाको खाम दर्ता गराएको थिएँ । त्यो खोलिएको थिएन । तर उताको पक्षले जवरजस्ती खाम खोसेर च्यात्यो । र, त्यसलाई सार्वजनिक गर्यो ।

मेरो राजिनामाको समाचार वाहिर आएपछि मलाई लगानीकर्ताको दवावहरु आउन थालेको छ । मेरा कारणले पुर्वाधारमा पैसा हालेकाहरुले हामीलाई नसोधि किन राजिनामा गरेको ? हाम्रो सेयर डुब्छ भन्न थालेका छन् । मैले त्यसको उत्तर त दिनु पर्छ । मैले दिइरहेको पनि छु ।

मैले भनिरहेको छु– बाटो बन्छ भन्ने आधारमा राजिनामा गरेका हो । बाटो बन्ने विश्वस्त प्रस्ताव नआए राजिनामा पारित हुँदैन । Bizmandu

वि.सं.२०७२ माघ २८ बिहीवार १७:०४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...