back
NMB ad

आयरल्याण्ड बिरुद्ध नेपालको शानदार जित

Kumari bank ad

काठमाडौं । यू-१९ विश्वकप क्रिकेटमा नेपालले सन्दिप लामिछानेको हृयाट्रिकको मदतमा आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पारेको छ ।

लगातार दोस्रो जितसँगै नेपाल दोस्रो चरण नजिक पुगेको छ । अहिले भइरहेको अर्को खेलमा भारत न्यूजिल्याण्डलाई हराए नेपाल समूह चरणको अन्तिम खेल अघि क्वार्टरफाइनलमा पुग्नेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेल्नु पर्नेछ । त्यसअघि नेपाल ४ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

आयरल्याण्डले नेपालसामू १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई नेपालले मात्र २६ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

नेपालको पहिलो विकेट भने खाता नै नखोली गुमाएको थियो । सन्दिप सुनार पहिलो बलमै एलबीडब्लू धरापमा परे ।

तर, योगेन्द्र सिंह कार्कीले नेपालको पारी सम्हाले । उनले सुनिल धमलासँग ५५ रनको साझेदारी गरे । धमला २८ रन बनाएर दोस्रो विकेटका रुपमा आउट भए ।

तेस्रो विकेटका लागि कार्कीले उपकप्तान आरिफ शेखसँग अविजित ७७ रनको साझेदारी गरे । कार्की ६१ रनमा अविजित रहे । आरिफ शेख ३१ रनमा नटआउट रहे ।

आइसीसी यू-१९ विश्वकप त्रिकेटमा नेपालका लागि सन्दिप लामिछानेले गरे ह्याट्रिक 

बंगलादेशमा जारी आइसीसी यू-१९ विश्वकप त्रिकेटमा नेपालका लागि सन्दिप लामिछानेले हृयाट्रिक विकेट लिएका छन् । यो ह्याट्रिक संगै यू-१९ विश्वकपमा नेपालकालागि हृयाट्रिक लिने उनी पहिलो र एकमात्र नेपाली बलर बनेक छन् ।

sandip lamichhane

 

बंगलादेशको फुतलाह मैदानमा आयरल्याण्डसँगको खेलमा लामिछानेले ३२ औं ओभरको अन्तिम ३ बलमा तीन जना आइरिस ब्याट्म्यानलाई आउट गर्दै ब्यक्तिगत हृयाट्रिक पूरा गरे । जारी विश्वकपको पहिलो हृयाट्रिक लामिछानेले लिएक हुन्  ।

३१ दशमलव ४ ओभरमा उनले टकरलाई १५ रनमा दिपेन्द्र ऐरीद्वारा क्याचआउट गराए । त्यसपछिको बलमा डेनिसन ब्यक्तिगत २१ रनमा विकेटकिपर राजु रिजालद्वारा क्याच आउट भए । ३२ औं ओभरको अन्तिम बलमा बैरी टकर बोल्ड आउट भएपछि सन्दिपले अविस्मरणीय ह्याट्रिक पूरा गरे । आजको खेलमा पूरै १० ओभर बलिङ गरेका उनले मात्र २७ रन खर्चेर आयरल्याण्डको ५ विकेट लिए ।

को हुन् सन्दिप ?

नवलपरासीका सन्दीप लामिछानेले यु १९ राष्ट्रिय टोलीमा पहिलो पटक स्थान पाएका हुन् । यु १९ विश्वकपको तयारीका लागि आयोजित सुपर लिग प्रतियोगितामा उनले सर्वाधिक १२ विकेट लिएका थिए । नेपाली टोलीका पूर्वप्रशिक्षक पुवुदु दासानायाके उनको खेलबाट प्रभावित भई उनलाई काठमाडौँ बोलाएर क्याम्पमा राखेका थिए ।

१६ माघ २०७२/ १:४७:२४

वि.सं.२०७२ माघ १६ शनिवार १३:५० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...