back
NMB ad

राजनीतिक अस्थिरताका कारण पाकिस्तानी रुपैयाँको अवमूल्यन हुँदै   

Kumari bank ad

इस्लामावाद, २८ वैशाख  ।   पाकिस्तानी रुपैयाँको मूल्य अमेरिकी डलरको तुलनामा उल्लेखनीय रूपमा घटेको छ । बुधबार अन्तरबैंक बजारमा ग्रीनब्याक २९०.२२ रुपैयाँको अत्यन्त न्यून मूल्यमा कारोबार भएको स्टेट बैंक अफ पाकिस्तानले जनाएको छ।

मङ्गलबार कारोबार अमेरिकी डलर २८४.८४ रुपैयाँमा बन्द भएको थियो । बुधबार स्थानीय मुद्रा अमेरिकी डलरको तुलनामा ५.३८ रुपैयाँ (करिब १.८५ प्रतिशत)ले घटेर न्यून रेकर्ड भएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

बजार विश्लेषकहरूका अनुसार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा राष्ट्रिय जवाफदेहिता ब्युरोले मङ्गलबार पक्राउ गरेपछि देशभर व्यापक विरोध भएको र त्यसकै प्रभावले पैसाको अवमूल्यन भएको टिप्पणी गरिएको छ ।

दक्षिण एसियाली मुलुकमा चलिरहेको राजनीतिक अस्थिरतापछि अन्तरराष्ट्रिय मुद्रा कोषको बेलआउट कार्यक्रमको पुन: शुरुवातमा आएको अनिश्चितता र विदेशी विनिमय सञ्चितिमा आएको कमीका कारण केही समयदेखि यहाँको रुपैयाँ दबाबमा रहेको छ ।

वि.सं.२०८० वैशाख २८ बिहीवार १३:४९ मा प्रकाशित

You can share this post!

सेयरधनीलाई हिमालयन लाइफ इन्स्योरेन्सले गर्यो यस्तो आग्रह

सेयरधनीलाई हिमालयन लाइफ इन्स्योरेन्सले गर्यो यस्तो आग्रह

वि.सं.२०८० चैत ६ मंगलवार १७:३४

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले बोनस सेयरमा लाग्ने कर तिर्न...

ऋणात्मक ब्याजदर अन्त्य गरिएको ‘बैङ्क अफ जापान’ को घोषणा   

ऋणात्मक ब्याजदर अन्त्य गरिएको ‘बैङ्क अफ जापान’ को घोषणा   

वि.सं.२०८० चैत ६ मंगलवार १७:११

टोकियो, ६ चैत ‘बैङ्क अफ जापान’ले ऐतिहासिक नीतिगत सुधारमा ऋणात्मक...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८० चैत ६ मंगलवार १७:०३

काठमडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत...

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक   

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक   

वि.सं.२०८० चैत ६ मंगलवार १६:५७

काठमाडौँ, ६ चैतः सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन  

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन  

वि.सं.२०८० चैत ६ मंगलवार १६:३५

तम्घास (गुल्मी), ६ चैतः मुसिकोट नगरपालिका र छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि...

पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर   

पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर   

वि.सं.२०८० चैत ६ मंगलवार १६:३०

गण्डकी, ६ चैतः होटल सङ्घ पोखरा नेपालले यही चैत २९...