back
NMB ad

लाइक, कमेन्ट मात्रै हैन फेसबुकले थप्यो ‘रिएक्सन’ देखाउने नयाँ सुबिधा

Kumari bank ad
काठमाडौँ । सर्वाधिक प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुकमा अबको एक सातामा एउटा अनौठो सुविधा थपिने भएको छ । फेसबुकले आफ्ना प्रयोगकर्ताहरुले गर्ने कमेन्टसँगै प्रतिक्रिया देखाउनका लागि ‘रिएक्सन’ बटन पनि थप्न लागेको हो ।
यो जानकारी फेसबुकका मालिक मार्क जुकरबर्गले विशेषज्ञहरुसँगको एक कन्फ्रेन्स कलमा दिएका हुन् । यो रिएक्सन बटनलाई हाल स्पेन, आयरल्यान्ड र केही अन्य देशमा परीक्षण गरिएको थियो । ती देशमा गरिएको परीक्षण सफल भएपछि चाँडै यो बटनलाई सबै प्रयोगकर्तामाझ सार्वजनिक गर्ने तयारी फेसबुकले गरेको छ ।
जुकरबर्गले बताए अनुसार करिब १.६ अर्ब फेसबुक प्रयोकर्ताले चाँडै आफ्नो भावनालाई दुनियाँ सबैभन्दा ठूलो सामाजिक सञ्जालम अनेक तरिकाबाट अभिव्यक्त गर्न सक्नेछन् ।
फेसबुकले आफ्नो यो नयाँ फिरच ‘रिएक्सन’ बटनलाई सन् २०१५ मा अमेरिका बाहिर चार महिनासम्म परीक्षण गरेको थियो ।
जुकरबर्ग भने अनुसार संसार भरका प्रयोगकर्तामाझ छ  सामाजिक सञ्जाल फेसबुकमा जोडिनेछन् ।
फेसबुकमा ‘लाइक’ बटन आएको लामो समय भइसकेको छ । अर्बौंको संख्यामा फेसबुक प्रयोगकर्ताहरुले यो बटनको प्रयोग गर्दै आएका छन् ।फेसबुकमा कुनै पोस्ट र फोटोलाई ‘डिसलाइक’ गर्ने बटन शुरू गर्नका लागि लामो समयदेखि आवाज उठ्दै आएको छ ।
‘यसमा रिसाएको, दु:खी भएको, प्रशंसा गरेको, हाँसेको र लभको संकेत सामेल गरिएको छ’, जुकरबर्गले नयाँ रिएक्सन बटनबारेमा बताउँदै भने, ‘यिनको मद्दतले फेसबुकका प्रयोगकर्ता माया, रिस, खुशी र हैरानी जस्ता भाव प्रकट गर्न सक्नेछन् । यी इमोशन्सलाई एनिमेटेड तस्बिरमार्फत पेश गर्नेछौं ।’
‘कुनै अवस्थामा खुसी हुन नसक्दा तपाईँ आफ्नो भावना अलग ढंगले राख्न चहानुहुन्छ’, जुकरबर्गले भने, ‘तपाईं सहानुभूति देखाउन चहानुहुन्छ तर यसो गर्न मुस्किल छ ।यस्तो अवस्थामा आफ्नो भावना व्यक्त गर्न लाइक बटन मात्रै तपाईंका लागि पर्याप्त हुँदैन ।’
जुकरबर्गले यो नयाँ बटनमार्फत कुनै पनि साथीको पोस्टमा सहानुभूति र दु:ख पींडा पोख्ने मौका मिल्ने बताएका छन् । कयौं फेसबुक प्रयोगकर्ताहरुले केही वर्ष अघिबाटै डिसलाइक बटन राख्नुपर्ने माग गर्दै आएका छन् । तर फेसबुकले यसलाई नकारात्मक बताउँदै टार्दै आएको छ ।
एजेन्सि/ १६ माघ २०७२

वि.सं.२०७२ माघ १६ शनिवार ११:१४ मा प्रकाशित

You can share this post!

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...