back
NMB ad

ल्हारक्यालले पोलिग्राफ टेस्ट गर्न किन मानेनन्

Kumari bank ad

काठमाडौं । बैंकको लकरमा गोली फेलापरेपछि अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका एमाओवादीका सांसद एवं पूर्वमन्त्री ल्हारक्याल लामाले पोलिग्राफ टेस्ट गर्न नमानेको प्रहरीले जनाएको छ ।

स्वास्थ्यको कारण देखाउँदै लामाले पोलिग्राफ टेस्ट गर्न नमानेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको हो ।

परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले भने, ‘हामीलाई थप प्रमाण जुटाउनु थियो । पोलिग्राफ टेस्ट गरौं भन्दा लामाले मानेनन् । थप अनुसन्धान भइरहेको छ ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाजिम्पाट शाखामा लामाका नाममा रहेको लकर फेलापारेपछि खोजतलास गरेको थियो । त्यहाँ अख्तियार टोलीसँग प्रहरी पनि पुगेको थियो । लकरभित्र केही फेला नपरेको जानकारी प्रहरीले दिएको छ ।

अकुत सम्पत्ति आर्जनका सिलसिलामा आयोगको छानबिनका क्रममा गत आइतबार नेपाल इन्भेस्टमेन्ट बैंक दरबारमार्गमा लामाका नाममा रहेको लकरभित्र १४ राउन्ड गोली फेलापरेको थियो । सोही घटनालाई लिएर लामा प्रहरी हिरासतमा छन् । पोलिग्राफ मेसिनले मानिसले झूटो बोलेनबोलेको विश्लेषण गर्छ ।

प्रकाशितः२०७२ चैत ३

वि.सं.२०७२ चैत ३ बुधवार १२:०२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...