back
NMB ad

वचतकर्ता ठगिनसक्ने भन्दै सहकारीलाई सर्कुलर

Kumari bank ad

झापा । स्थानीय डिभिजन सहकारी कार्यालयले ठूला कारोबार गर्दै आएका जिल्लाका २८ वटा सहकारी संस्थालाई ‘कलेक्टरमार्फत बचतकर्ता नठगिउन्’ भन्दै सचेत गराएको छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी०को चन्द्रगढीस्थित सेवा केन्द्रका कलेक्टर राम पाठकले बचतकर्ताबाट केही महिनाअघि सङ्कलित लाखौँ रकम ठगी गरेको खुलासा भएपछि केन्द्रीय निकायको निर्देशनानुसार डिभिजन सहकारीले अन्य सहकारीलाई समेत सचेत गराउँदै पत्र पठाएको हो ।

डिभिजन सहकारी कार्यालय झापाका प्रमुख माधवप्रसाद पोखरेलले पाँच करोडदेखि रु ५० करोडसम्मको कारोबार गर्दै आएकामध्ये २८ वटा सहकारीलाई सचेत पत्र पठाइएको बताए ।

डिभिजनले सचेत पत्र पठाएका संस्थाहरू नेपाल बहुउद्देश्यीय सहकारी ९एनएमसी०, सहारा नेपाल बचत तथा ऋण सहकारी, जुरोपानी बहुउद्देश्यीय सहकारी, आधुनिक बचत तथा ऋण सहकारी, नागरिक बचत तथा ऋण सहकारी, कर्णाली बचत तथा ऋण सहकारी, जीविको कृषि सहकारी संस्था, धौलागिरि बचत तथा ऋण सहकारी, मेची सहकारी संस्था, हाम्रो नेपाल बचत तथा ऋण सहकारी, सिम्रिक बचत तथा ऋण सहकारी, सञ्जीवनी बचत तथा ऋण सहकारीलगायत रहेका छन् ।

सचेत पत्रसाथ एनएमसीका कलेक्टर पाठकले बचतकर्तालाई ठगी गरेकोसम्बन्धी पत्रपत्रिकामा प्रकाशित समाचारको कटिङसमेत पठाइएको छ । संस्थाको सेवा केन्द्रको विवरण र कलेक्टरको व्यक्तिगत विवरणसमेत डिभिजनले ती सहकारी संस्थासँग माग गरेको छ ।

सहकारीका सदस्यहरूको पासबुक र संस्थामा रहेको व्यक्तिगत लेजर खातालगायत अन्य आवश्यक कागजपत्र मिलान र भिडान गर्न र सोको जानकारी चाँडोभन्दा चाँडो पठाउन डिभिजन सहकारी कार्यालयले पत्रमा उल्लेख गरेको छ ।

डिभिजन सहकारीका प्रमुख पोखरेलले पहिलो चरणमा २८ वटालाई र निकट भविष्यमै अरु २८ वटा ठूला कारोबार गर्ने सहकारीलाई सोही आशयको सचेत पत्र पठाइने जानकारी दिए ।

झापामा ८५४ वटा सहकारी रहेका छन् जसमध्ये कलेक्टरमार्फत बचत सङ्कलन गर्दै आएका ५६ वटा सहकारीलाई डिभिजन सहकारी कार्यालयले सजग गराएको हो । रासस

२१ फागुन २०७२, ९।००

वि.सं.२०७२ फागुन २१ शुक्रवार १०:४९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...