back
NMB ad

सई युवराज पाण्डेले श्रीमती संगीताको हत्या गरेको आशंका

Kumari bank ad

 काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा डेरा गरी बस्ने संगीता थापा घर भित्रै मृत फेला परेकी छन् । उनी सई युवराज पाण्डेकी श्रीमती हुन् ।

गोर्खा फुजेल-१ घर भई हाल बुटवलमा कार्यरत पाण्डेलाई सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

मृतकका माइतीपक्षले युवराजले नै संगीताको हत्या गरेको आरोप लगाएका छन् । संगीताका दाजु गणेश बुढाथोकीकाअनुसार पाण्डे र संगीताबीच ६ वर्षअघि मागी विवाह भएको थियो ।

बुढाथोकी भन्छन्  ‘बहिनीले ब्याचलर पास गरेकी छे । सुरुमा उनीहरुबीच सम्बन्ध राम्रै थियो । राम्रो सम्बन्ध भएका बेला युवराजले नै श्रीमती संगीताको नाममा चितवनको गोन्द्राङ नजिक जग्गा किनेर पास गरिदिए ।

एक-डेढ वर्षपछि उनीहरुबीच खटपट सुरु भयो र युवराजले जग्गा आफ्नो नाममा फिर्ता माग्न थाले । त्यतिमात्रै होइन, छोडपत्र गर्न पनि दबाब दिन थाले । उनीहरुबीच मागी विवाह भए पनि विवाह दर्ता भने थिएन । आपसी विवादमा युवराजले बहिनीलाई शारीरिक र मानसिक यातना पनि दिन्थे । यो कुरा डेराका छिमेकीहरुलाई समेत राम्रोसँग थाहा छ ।’

युवराजले संगीताको हत्या गरेको उनले आरोप लगाए । तर, यस घटनालाई कमजोर बनाउन लागिएको उनको दाबी छ ।

‘युवराज आफै पुलिस भएकाले झुटो रिपोर्ट बनाउने र घटनालाई कमजोर बनाउने प्रयास गरिएको छ,’ घटनाको विरोधमा आइतबार सोह्रखुट्टे प्रहरी घेराउमा सहभागी बुढाथोकी भन्छन्, ‘टिचिङ अस्पतालको डाक्टर गणेश चौधरीले पोष्टमार्टम रिपोर्टमा ब्रेन ह्यामरेजले मृत्यु भएको भनेर लेखे । जबकी यो हत्या नै हो ।’

संगीताका आफन्तहरुका अनुसार युवराज चार दिन अघि काठमाडौं आएका थिए । शनिबार अबेलासम्म कोठाको ढोका नखुलेपछि झ्यालबाट हेर्दा कपडा ओढेर कोही सुतिरहेको देखियो । तर, धेरैबेरसम्म झ्याल ढोका ढकढकाउँदा पनि नखोलेपछि ढोका फोडेर हेर्दा संगीता मृत फेला परिन् ।

संगीताको चार दिन अघि नै मृत्यु भएको हुनसक्ने अनुमानमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशितः online khabar, २०७२ फाल्गुन २३

वि.सं.२०७२ फागुन २३ आइतवार १६:३९ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...