back
NMB ad

सनिल र उर्मिलालाई बोल्डरिङ्ग उपाधी

Kumari bank ad

काठमाडौं । चौंथौ माउन्टेन स्पोर्टस् फेस्टिभल २०१६ अन्तर्गत भएको अन्तर स्कुल बाउल्डरिङ्ग कम्पिटिसनको उपाधी सनिल के.सी. र उर्मिला तामाङ्गले हात परेका छन् ।
फागुन १३–१४ मा नेपाल क्लाईम्बिङ्ग स्पोर्ट संघद्वारा आयोजित प्रतियोगितामा छात्र तर्फ मंजरी सेकेन्डरी स्कुलका के.सी. र छात्रा तर्फ पद्यमकन्या स्कुलकी तामाङ्ग सफल भएका हुन । उनीहरुले नगद ३÷३ हजार, मेडल, प्रमाण पत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

प्रतियोगितामा दोश्रो र तेश्रो स्थानमा छात्र तर्फ आईडल ईङ्गलीस स्कुलका खुर्सिद अब्दुल्लाह र चारुमती ओपन स्काउटका अनुप अधिकारी रहे भने छात्रा तर्फ हिमालय बोर्डिङ्ग स्कुलकी युनिका दुलाल र पद्यमकन्या स्कुलकी स्वर्निका वली रहिन् । दोश्रो र तेश्रो हुनेले क्रमश २ हजार र १ हजारका साथै मेडल, प्रमाण पत्र र गिफ्ट ह्याम्पर हात पारे ।

चौथौ र पाँचौ स्थान छात्र तर्फ एप्सेडेल पब्लिक स्कुलका अरुन डङ्गोल र वेलकम टु माई यार्डका आशिष लिम्बु तथा छात्रा तर्फ हिमालयकी संगिता लामा र पद्यमकन्याकी संझना के.सी.ले हात पारे । उनीहरुले प्रमाण पत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदकी सदस्य यानकुमारी गुरुङ्ग अस्मिता, नेपाल क्लाईम्बिङ्ग स्पोर्टका अध्यक्ष हरि धरेल, पर्वतिय खेलकुद महासंघका महासचिव गोविन्द भट्टराई, नेपाल ओलम्पिक कमिटिका सदस्य एवं ट्राईयाथलन संघका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

IMG_3428
दुई दिने प्रतियोगितामा १० स्कुलका ११६ बिद्यार्थी खेलाडीहरुको सहभागित रहेको थियो । फाइनलमा १५ छात्रा र २० छात्रहरुले प्रतिस्पर्धा गरेको नेपाल क्लाईम्बिङ्ग स्पोर्टका महासचिव मेघराज पौडेलले जानकारी दिए ।

२०७२ फागुन १४

वि.सं.२०७२ फागुन १४ शुक्रवार ०९:४९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...