back
NMB ad

सरकारले २० लाख किलो दाउरा बेचेर ३ करोड भन्दा बढी कमायो

Kumari bank ad

 काठमाडौं । भारतीय नाकाबन्दीका बेला काठमाडौं दाउरा युगमा फर्कियो, सरकार आफैंले राजधानीमा दाउरा बेचेर ग्यास नपाएका उपभोक्तालाई सहज पनि गराइदियो ।

हाल ग्यास आपूर्ति तुलनात्मक रुपमा सहज भएपछि सरकारसँग दाउरा किन्ने सर्वसाधारण अब छिटपुट मात्रै छन् । ३ ठाउँमा डिपो राखेर दाउरा बेचेको टिम्बर कपोरेशन अफ नेपाल (टीसीएन)ले अहिले एउटा डिपोबाट मात्र दाउरा बेचिरहेको छ ।

स्वयम्भु, पशुपति र भक्तपुरका दाउरा डिपोबाट अहिले सर्वसाधारणलाई दाउरा बेच्न बन्द गरिएको छ । ललितपुरको बालकुमारीस्थित डिपोबाट भने सर्बसाधारणले अझै दाउरा किन्न सक्ने टीसीएनका महाप्रबन्धक विरेन्द्र यादवले जानकारी दिए ।

३ करोड बढी कमाइ

सरकारले नाकाबन्दीको बेला दाउरा बेचेर ३ करोड रुपैयाँ भन्दा बढी कमाएको छ ।  कात्तिकमा दाउरा बेच्न थालिएयता मात्रै २० लाख किलो दाउरा बिक्री भएको छ । नाकाबन्दी कायमै रहँदा दैनिक साढे २८ हजार किलोसम्म दाउरा बिक्री भएको थियो । त्यसबेला टीसीएनले दैनिक औसत ४ लाख ३० हजार रुपैयाँ बराबरको दाउरा बिकेको थियो ।

सरकारले प्रतिपरिवार सय केजीसम्म दाउरा बिक्री गरिरहेको छ । दाउराको मूल्य किलोको १५ रुपैयाँ तोकिएको छ । संस्थागत रुपमा दाउरा लैजानेलाई भने किलोको १७ रुपैयाँ लिइएको छ ।

टीसीएनले अब ७ चट्टा दाउरामा मात्रै सर्वसाधारणको बिक्रीका लागि ल्याउने योजना बनाएको छ । त्यो दाउरा बिकिसकेपछि दाउरा बेच्न बन्द गरिने महाप्रवन्धक यादवले बताए ।

प्रकाशितः २०७२ चैत्र ५

वि.सं.२०७२ चैत ५ शुक्रवार १२:३० मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...