back
NMB ad

सरकारी नम्बर प्लेट राखेर पेट्रोल भर्न गएपछि

Kumari bank ad
नीजि मोटरसाइकलमा सरकारी नम्बर प्लेट राखेर पेट्रोल भर्न लाइनमा बसेका एक जनालाई पूल्चोक प्रहरीले पक्राउ गरेको छ ।  रामेछाप चिसापानी घर भइ काठमाडौंको सिनामंगलमा रेष्टुरेन्ट संचालन गर्दै आएका राजु श्रेष्ठलाई पूल्चोक प्रहरीले पक्राउ गरेको हो ।
उनले आफ्नो बा ६६ प ६२४२ नम्बरको मोटरसाइकलमा बा ३ प ६२४२ नम्बरको नम्बर प्लेट राखेका थिए ।  सरकारी निकायमा बा २ का मोटरसाइकल मात्र संचालनमा छन् । बा ३ नपुगेकाले मोटरसाइकलको ब्लु बुक हेर्दा उनले सरकारी नम्बर प्लेट राखेको फेला परेको प्रहरी निरीक्षक हर्क विश्वले जानकारी दिए ।
उनले बिहानैदेखि साझा पेट्रोल पम्पमा तेल भर्न आएका सरकारी नम्बरप्लेट भएका मोटरसाइकल जाँच गरेका थिए ।
पूल्चोक प्रहरीले मोटरसाइकल र श्रेष्ठलाई ललितपुर प्रहरीमा बुझाएको छ । श्रेष्ठले पेट्रोल भर्न आफूले सास्ती पाएको र चलाखीपूर्ण काम गर्दा प्रहरीले समातेको बताएका छन् । पेट्रोल पम्पहरुले निजी सवारी सानलाई तेल भर्न रोक लगाएका छन् ।

वि.सं.२०७२ असोज १५ शुक्रवार १२:०२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...