back
NMB ad

सहकारीखबर चौंथो वर्षमा प्रवेश

Kumari bank ad

काठमाडौं । को–अपरेटिभ मिडिया सोलुसन प्रालि.द्वारा सञ्चालित सहकारीखबर डटकम अनलाईन स्थापनाको चौंथो वर्षमा प्रवेश गरेको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को सभाहलमा एक कार्यक्रम गरी अनलाईनको स्थापना दिवस मनाइएको छ ।

सहकारीखबरका प्रकाशक÷सम्पादक काजी श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो । सो अवसरमा शुभकामना व्यक्त गर्दै सिजेएनका अध्यक्ष डिल्लीप्रसाद सापकोटा, जिल्ला सहकारी संघ काठमाडौका कोषाध्यक्ष मनोज भण्डारी, संघकी संचालक अमरावती महर्जन, सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाई, नेपाल प्रेस यूनियन काठमाडौ शाखाका अध्यक्ष नकुल अर्याल लगायतले शुभकामना व्यक्त गर्दै सहकारी क्षेत्रको विकासमा सहकारीखबर डटकमले उल्येख्य योगदान गरेको बताएका छन् । आगामी दिनमा सहकारी क्षेत्रका खबरहरुलाई सत्यतथ्य र निष्पक्ष ढंगले गहिरिएर खोजतलास गर्नुपर्ने उनीहरुको सुझाव थियो ।

स्थापना दिवसको अवसरमा प्रकाशित ‘सहकारीखबर स्मारिका’ सार्वजनिक गरिएको छ ।

कार्यक्रममा सहकारीखबरका प्रकाशक÷सम्पादक काजी श्रेष्ठले अग्रज एवं सहकारी क्षेत्रका विज्ञहरुको सुझावलाई मनन गर्दै अर्थतन्त्रको एक खम्बाको रुपमा परिभाषित सहकारीको विकासमा सहकारी खबर अग्रमोर्चामा रहने धारणा राखेका छन् । त्यस्तै उनले सहकारी क्षेत्रमा देखिएका विकृति–विसंगतीका साथै सहकारी क्षेत्रले प्राप्त गरेको सफलता, नीतिगत क्षेत्रमा देखिएका कमी, कमजोरी र सुधार गर्नुपर्ने पक्षका बारेमा सहकारी खबरले आफ्नो कलमलाई अझै दु्रत गतिमा अगाडि बढाउने बताए ।

कार्यक्रममा आर्थिक पत्रकार समाज (सेजन)का कोषाध्यक्ष भिम गौतम, पर्यटन पत्रकार संघ (जाट–नेपाल)का सचिव हरिशरण न्यौपाने, प्रेस चौतारी धादिङका पूर्व अध्यक्ष रामेश्वर कार्की लगायत सहकारीकर्मी, संचारकर्मीको उपस्थिति रहेको थियो ।

२० चैत २०७२

वि.सं.२०७२ चैत २० शनिवार १८:०५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...