back
NMB ad

साउदीमा भोकभोकै बसेका नेपालीलाई बाँडियो राहत

Kumari bank ad

साउदी अरब । काम गरेको तलब नपाएपछि बिचल्लीमा परेका नेपाली कामदारको राहतका लागि यहाँ क्रियाशील नेपाली सङ्घ संस्थाले खाद्यान्न सहयोग गरेका छन् ।

साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदारहरु भोकभोकै बस्नु परेको समाचार सार्वजनिक भएपछि साउदीमा क्रियाशील नेपाली सङ्घ संस्थाले तत्कालको राहतका लागि खाद्यान्न सहयोग गरेका हुन्।

साउदीमा क्रियाशील नेपाली संस्था लालीगुराँस युवा परिवारले शुक्रबार दमाममा रहेको यो कम्पनीको क्याम्पमै पुगेर खाद्यान्न सामग्री प्रदान गरेको हो। संस्थाले ८० किलो चामल,१७ किलो दाल,१० किलो आलु,१० किलो प्याज,६ लिटर तेललगायत खाद्यान्न सामग्री सहयोग गरेको हो।

विदेशी भूमिमा बिचल्लीमा परेका नेपाली भोकभोकै बस्न नपरोस् भन्ने उद्धेश्यले थोरै मात्रामा भए पनि खाद्यान्न सामग्री सहयोग गरिएको संस्थाका अध्यक्ष टीकाराम रसाईलीले बताए।

यस्तै साउदीमै क्रियाशील अर्को नेपाली संस्था तमु धि नेपालले पनि पीडित नेपालीका लागि खाद्य सामग्री प्रदान गरेको छ। संस्थाले पीडित नेपालीका लागि क्याम्पमै पुगेर ४० किलो चामल, १० किलो मासु, ५ किलो दाल, १० किलो प्याज, नुन, तेल, तरकारी, पेय पदार्थलगायत खाद्यान्न प्रदान गरेको संस्थाका उपाध्यक्ष तथा लोकगायक तिलक गुरुङले जानकारी दिए।

तलब नपाएर सयौं नेपालीहरु भोकभोकै बस्नुपरेको अवस्थामा यसरी खाद्यान्न सहयोग पाउँदा आफूहरुलाई ठूलो राहत मिलेको स्याङजाका जीवन पौडेलले बताए। चार महिनादेखिको काम गरेको तलब नपाउँदा उक्त कम्पनीमा कार्यरत तीनसय नेपाली बिचल्लीमा परेका हुन्। रासस

माघ २४, २०७२, १०.१०

वि.सं.२०७२ माघ २४ आइतवार ११:०६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...