back
NMB ad

साग फुटबल: नेपाल भोलि बंगलादेशसँग भिड्दै

Kumari bank ad

काठमाण्डौ । नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा बिहीबार बंगलादेशको सामना गर्नेछ । यो समूह ‘बी’ को लिग चरणको अन्तिम खेल हुनेछ । नेपाल यसअघि नै प्रतियोगिताको सेमिफाइनलका लागि छनोट भइसकेको छ र बंगलादेशविरुद्धको खेलले समूह विजेता र उप विजेताको निर्णय गर्नेछ ।

बंगलादेशसँगै समूहको तेस्रो दिन भुटानको पनि सेमिफाइनल समीकरण अझै बाँकी छ । नेपालले पहिलो खेलमा भुटानलाई ५–० ले हराएको थियो । त्यसयता भुटान र बंगलादेशबीचको खेल १–१ को बराबरीमा टुंगेको थियो । समूहमा नेपालको तीन अंक तथा बंगलादेश र भुटानको एकरएक अंक छ ।

नेपाल र भुटानबीचको खेल हेरेका नेपाली फुटबलका प्राविधिक निर्देशक चाइका तोकेदाले टिममा डिफेन्डर र मिडफिल्डरबीच दूरी देखिएको हुनाले त्यसमा कमी हुनु पर्ने बताएका थिए । त्यस्तै उनले नेपाली खेलाडीले बलमाथि नियन्त्रण गुमाएपछि फेरि त्यसलाई प्राप्त गर्न कम प्रयास गरेको विश्लेषण पनि गरेका थिए ।

बंगलादेशविरुद्धको खेल अगाडि नेपाली टिमका प्रशिक्षक राजु शाक्यले टिममा केही कमजोरी रहेको र त्यसमा सुधार आवश्यक रहेको बताएका छन् । प्रतियोगिताका समूह ‘ए’ बाट समूह विजेताका रूपमा माल्दिभ्स र उप विजेताका रूपमा भारत छनोट भइसकेको छ ।

प्रतियोगिताको महिला फुटबलतर्फ बिहीबार नै नेपालले भारतको सामना गर्दैछ । नेपाल छ अंकसहित राउन्ड रोबिन लिगमा शीर्ष स्थानमा रहेको छ । नेपालले सुरुआती दुवै खेल जितेको थियो । भारतको भने चार अंक रहेको छ । भारतले माल्दिभ्ससँग निराशाजक गोलरहित बराबरी खेलेको थियो ।
प्रकाशितस् माघ २७, २०७२

वि.सं.२०७२ माघ २७ बुधवार १८:२८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...