back
NMB ad

सामुदायिक स्रोत विकास केन्द्रद्धारा २० लघुजलविद्युत परियोजना निर्माण

Kumari bank ad

म्याग्दी । धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रमार्फत म्याग्दी जिल्लामा हालसम्म २० वटा लघुजलविद्युत् परियोजना निर्माण भएका छन् ।

वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र राष्ट्रिय ग्रामीण तथा नवीकरण ऊर्जा कार्यक्रमको सहयोगमा लघुजलविद्युत परियोजना निर्माण भएको हो । निर्माण भएका २० वटा परियोजनामार्फत १२४ किलोवाट विद्युत् उत्पादन भई एक हजार २५२ घरधुरी लाभान्वित भएका छन् ।

परियोजना निर्माणका लागि संस्थाले एक करोड १७ लाख ६१ हजार ४३३ अनुदान दिएको छ । यस वर्ष रुम–७ मा निर्माण भएको ११.५ किलोवाट क्षमताको छेरवाङ पात्लेखोला लघुजलविद्युत परियोजनाबाट ११० घरधुरी लाभान्वित भएका छन् ।

मल्कवाङमा निर्माणकार्य अन्तिम चरणमा पुगेको ४२ किलोवाट क्षमताको नन्दीवाङखोला लघुजलविद्युत परियोजनाबाट २२१ घरधुरी लाभान्वित हुने जनाइएको छ ।

कुईनेमङ्गले–१ मा २० किलोवाट क्षमताको मजुवा कुईनेखानी परियोजना निर्माणाधीन अवस्थामा छ । मुदी–९ मा १०.५ किलोवाटको रातोखोला बगर परियोजना निर्माण सुरु गर्ने तयारी भएको छ । शिखमा ३० किलोवाट क्षमताको घोस्तेखोर, ओखरबोटमा ३० किलोवाटको दिप्लीखोला र मुनामा २०० किलोवाटको दरखोला मिनी जलविद्युत आयोजनाको विस्तृत सर्वेक्षण गरिएको छ ।

सव इञ्जिनियर थापाले हाल निर्माणाधीन र सर्वेक्षण भएका सातवटा परियोजनाबाट ३०२.५ किलोवाट विद्युत् उत्पादन भई एक हजार ८१७ घरधुरी लाभान्वित हुने जानकारी दिए । सातवटा परियोजना निर्माणका लागि संस्थामार्फत ५ करोड ८८ लाख ९० हजार अनुदानको व्यवस्था गरिने भएको छ ।

केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेको र दुर्गम क्षेत्रमा विद्युत सुविधा विस्तारका लागि निर्माण भएका लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गरेर आयआर्जनमूलक क्रियाकलाप गर्न पनि संस्थाले सहयोग गरेको छ ।
प्रकाशितः २०७३ असार ७

वि.सं.२०७३ असार ७ मंगलवार १२:१९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...