back
NMB ad

सुगौली सन्धीपछि गुमेको शाख उठाउँदैछौंः सल्लाहकार रिमाल

Kumari bank ad
(c)ASHISH TAMRAKAR
(c)ASHISH TAMRAKAR

१४ मंसिर,काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले क्षमताले नभ्याए काम नगर्ने तर राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिने गरि सरकार अगाडि बढेको प्रष्ट पारेका छन् । नेपाल ट्रेड युनियन महासंघ अन्तर्गत नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन नेस्वहोमयुको ३७ औं स्थापना दिवसको उद्घाटन गर्दै जिफन्ट अध्यक्षसमेत रहनुभएका रिमालले सहि कुरामा सरकार सकेसम्म लचक हुने तर गलत काममा सम्झौता नगर्ने बताए ।
उनले भने, “जनताको दैनिक जनजीवनमा परेको समस्या समाधान गर्न सरकार गम्भिर छ, क्षमताले पुग्दैन बरु काम नगरौं, फूर्ति देखाएर राष्ट्रिय स्वाभिमानमा आँच आउने काम नगरौं, प्रधानमन्त्रीलाई हाम्रो यहि सुझाव रहन्छ । ”

आन्दोलनरत र संबिधान पक्षधर दलले दुवैतिरबाट यथास्थितिबादलाई छाडेर बिचको उचित निर्णयले नै अहिलेको समस्यालाई समाधान गर्ने र देशको भलाई पनि यसैमा रहेको उनको सुझाव छ ।

उनले अर्काे एक प्रसङगमा भने, “सुगौली सन्धिपछि गुमेको शाख उठाउने यो अवसरलाई नेपाली सबै मिलेर नेपाल र नेपालीको पक्षमा वकालत गरौं ।” राष्ट्रलाई सबल र मजबुत बनाउने यो बेलालाई तेरो मेरो नभनि राष्ट्रको हितमा सबैले समय खर्चनुपर्नेमा उनको जोड रहेको थियो ।

कार्यक्रममा होटल क्यासिनो क्षेत्रका मजदुरका उत्कृष्ट अंक ल्याउने छोराछारीहरु र वर्षभरिमा बढि योगदान पुर्याउने होटल÷क्यासिनोलाई सम्मान गरिएको थियो ।

वि.सं.२०७२ मंसिर १४ सोमवार ०७:१७ मा प्रकाशित

You can share this post!

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...