back
NMB ad

स्टायटसमा सुडाइड नोट लेख्ने नेपाली युवालाई फेसबुकले नै बचायो

Kumari bank ad

काठमाण्डौं । झापा घर भएका एक युवकले ‘सुसाइड नोट’ लेखे। अनि फेसबुकमा पोस्ट गरे। बीए अध्ययनरत उनको फेसबुक स्टायटसलाई आयरल्याण्डको फेसबुक कार्यालयले देख्यो। स्ट्याटसमा न कमेन्ट, न कुनै लाइक थियो। आयरल्याण्डस्थित फेसबुक कार्यालयले उनको प्रोफाइलमा एक्टिभिटी शून्य देख्यो।

मध्यरात १२ बजेर २३ मिनेट जाँदा कार्यालयले नेपाल प्रहरीलाई इमरजेन्सी अलर्ट पठायो। अनि भन्यो – ज्यान रक्षा गर। नेपाल प्रहरीले पनि तत्कालै एक्सन लियो। महानगरीय अपराध महाशाखाका इन्सपेक्टर पशुपतिकुमार रायको नेतृत्व झापा प्रहरीसँग सम्पर्कमा जुट्यो। ‘सुरुवातमा फोन उठेन, रातको समय थियो, पछि ड्युटी अफिसरसँग सम्पर्क भयो’, रायले पहिलोपोस्टसित भने, ‘झापा प्रहरीको टोली तत्काल मूभ भयो।’ प्रहरी आत्महत्या गर्न लागेका युवककहाँ पुग्दा ऊ रोइरहेको थियो।

महानगरीय प्रहरी प्रभागले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ – ‘प्रहरीले समयमै पुगेर आवश्यक काउन्सिलिङ समेत प्रदान गरी दुर्घटना हुनबाट जोगाउन सफल भयो। सामान्य अवस्थामा आएपश्चात् युवकले नेपाल प्रहरीको तदारुकतामाथि आश्चर्य व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दै अब उप्रान्त यस्तो कार्य नगर्ने प्रतिवद्धता व्यक्त गरे।’

घटनापश्चात् प्रहरीले जारी गरेको विज्ञप्तिमा सुझाव समेत दिएको छ – ‘अभिभावकहरुले आफ्ना किशोरकिशोरी छोराछोरीहरुको कृयाकलापमा विषेश अभिरुचि राखी सम्भावित खतराबाट जोगिन आवश्यक सल्लाह, सुझाव र निग्रानी राख्न हुन महानगरीय अपराध महाशाखा अनुरोध गर्दछ।’ फेसबुकले अमेरिका, अस्ट्रेलियापछि गत फेब्रुअरीमा बेलायतमा पनि सुसाइड प्रिभेन्सन टुल सञ्चालन गरेको थियो। नेपालको घटना भने पहिलो पटक सार्वजनिक भएको हो।

प्रकाशित: पहिलोपोष्ट, २८ फागुन २०७२, १.३०

वि.सं.२०७२ फागुन २८ शुक्रवार १४:३१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...