back
NMB ad

हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र शुरु, पाठ्यपुस्तक पुगेन

Kumari bank ad

काठमाडौँ । हिमाली जिल्लामा आइतबारदेखि नयाँ शैक्षिक सत्र शुरु भएको छ। तर, विद्यालयमा पाठ्यपुस्तक भने अझै पुगेको छैन् । जनक शिक्षा सामगी केन्द्रले १ देखि ५ कक्षासम्म स्थानीय एजेन्टमार्फत र ६ देखि १० कक्षासम्म आफै पुस्तक उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

हालसम्म पुस्तक नपाउँदा विद्यार्थी समस्यामा रहेका छन् । निमित्त जिल्ला शिक्षा अधिकारी विष्णुबहादुर शाहीले सबै कक्षाका पाठ्यपुस्तक नआएको बताए । कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छाप्ने अनुमति पाएका नीजि संस्थाले केही दिनदेखि कर्णालीमा पाठ्यपुस्तक पठाइसकेको दाबी गरेका छन् ।

हुम्लाका लागी नरेन्द्र बुढाथोकीले १२ हजार ४२ पुस्तक बुझेका थिए । यस्तै डोल्पामा यस बर्षको नयाँ शैक्षिक सत्र संयोगले सरस्वती पूजासंगै शुरु भएको छ । हिउँदमा धेरै चिसो हुने डोल्पा लगायतका ४ जिल्लामा फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुने गरेको छ।

शनिबारको विदा भए पनि सरस्वती पूजा भएकाले विभिन्न विद्यालयले शैक्षिक सत्र शुरु गरेका छन् ।

प्रकाशित–कान्तिपुर दैनिक, २०७२ फाल्गुन ३

वि.सं.२०७२ फागुन ३ सोमवार १४:४९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...