back
NMB ad

३५ सय तिर्न नसकेपछि भयो हत्या !

Kumari bank ad

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होटल व्यवसायी दामोदर अवस्थीको हत्यामा संलग्न चार युवकलाई सार्वजनिक गरेको छ।

प्रहरी कार्यालयमा हिजो एक पत्रकार सम्मेलन गरेर हत्या आरोपी चारै युवकलाई सार्वजनिक गरेको हो । सार्वजनिक गरिएकामा झलारी(पिपलाडी नगरपालिका ११ का १८ वर्षीय सुरज साउद,१८ वर्षकै इन्द्रदेव भट्ट, १९ वर्षीय प्रदिप महरा र १८ वर्षीय कृष्णसिंह साउद रहेका छन्। उनीहरुले अवस्थीको घाँटी रेटेर हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।

सोमबार बिहान कलुवापुर बजारस्थित न्यु बैतडी होटल एण्ड रेष्टुरेन्टका सञ्चालक ४० वर्षीय अवस्थीको शव होटलभित्रै फेला परेको थियो।

कञ्चनपुरका प्रहरी नायव उपरीक्षक केदार खनालले ३५ सय रुपैयाँका लागि मदिराको नशामा लट्ठीएका युवकले अवस्थीको हत्या गरेका बताए। उनका अनुसार आइतबार राति होटल व्यवसायी अवस्थीसँगै बसेर मदिरा सेवन गरेका युवा मदिराको नशामा लट्ठीएपछि अवस्थीको हत्या गरेर काउन्टरबाट रुपैयाँ लुटेर फरार भएका थिए।

प्रकाशित राजधानी दैनिक, १९ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन १९ बुधवार १०:२४ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...