back
NMB ad

बिनादर्ता सञ्चालनमा रहेको पम्पलाई निगमबाटै तेल

Kumari bank ad

काठमाडौं । इन्धन कालोबजारीमा सघाएको भन्दै विवादमा तानिएको नेपाल आयल निगमले अवैध पम्पलाई तेल दिइरहेको खुलेको छ । अघोषित नाकाबन्दीपछि पाँच महिनायता बिनादर्ता सञ्चालनमा रहेको कीर्तिपुरस्थित आरती सप्लायर्सलाई निगमले तेल उपलब्ध गराउँदै आएको खुलासा भएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार पम्प सञ्चालक दिनेश महर्जनलाई पक्राउ गरेपछि इन्धन कालोबजारीमा निगम पदाधिकारीको मिलेमतो छर्लंग भएको छ । नागरिक दैनिकमा खबर छ ।

महर्जनमाथि अवैध प्रक्रियामार्फत भित्र्याएको तेल घरमा भण्डारण गरी नोजल नै राखेर महँगो मूल्यमा बेचेको अभियोग छ। प्रहरीले उनको घरबाट कालोबजारी गर्न राखिएको १५ सय लिटर पेट्रोलसमेत बरामद गरेको छ ।

नाकाबन्दीसँगै अभाव चुलिएको मौका छोपी महँगो मूल्यमा इन्धन बेच्ने नियतले खोलिएको उक्त सप्लायर्सलाई सञ्चालकसँगको मिलेमतोमा निगम पदाधिकारीबाटै तेल उपलब्ध गराइँदै आएको महाशाखास्रोतले जनाएको छ ।

महाशाखा प्रमुख सर्वेन्द्र खनालका अनुसार सुरुमा चितवन, ठोरीबाट तस्करीको पेट्रोल ल्याएर प्रतिलिटर ५ सय रुपैयाँसम्ममा बिक्री गरेका महर्जनले निगमको थानकोट डिपोबाटसमेत तेल लिएको बयान दिएका छन् ।

‘प्रारम्भिक अनुसन्धानमा आयल निगमबाट समेत तेल ल्याउने गरेको देखिएको छ, उनले कुन आधारमा तेल पाए, अनुसन्धान सुरु गरेका छौं,’ उनले भने ।

आरती सप्लायर्सले महँगो मूल्यमा इन्धन बेचेको गोप्य सूचना पाएपछि महाशाखाले छापा मारेको थियो । महाशाखाको टोली बुधबार सप्लायर्स पुग्दा नोजलबाटै धमाधम इन्धन बिक्री भइरहेको थियो । नागरिक दैनिकमा खबर छ


प्रकाशित  /२०७२ फाल्गुन ७

वि.सं.२०७२ फागुन ७ शुक्रवार ११:५४ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...