back
NMB ad

दुई सहर हेर्ने गरी एक जना विज्ञ:अब कसरी हेरिन्छ त नयाँ १० सहरलाई ?

Kumari bank ad

काठमाडौ। मध्यपहाडी लोकमार्ग आसपासका १० सहरलाई व्यवस्थित नयाँ सहरका रुपमा विकास गर्न सुरु गरिएको एकीकृत विकास योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सरकारले पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, बैतडीको पाटन र अछामको साँफेबगरलाई व्यवस्थित सहरका रुपमा विकास गर्न लागिएको छ ।

आव २०६७/०६८ देखि पूर्वाधार निर्माणका लागि १० सहर छनोटको काम सुरु भएको थियो । प्रत्येक विकास क्षेत्रका दुई सहरलाई व्यवस्थित सहर बनाउन सो कार्यक्रम सुरु भएको हो ।

सहर छनोट गरी तीन वर्ष अघिदेखि १० सहरलाई २० वर्षमा एक लाख जनसङ्ख्या अत्यावश्यक सुविधासहित बस्न सक्ने गरी पूर्वाधार विकासको काम गर्न एकीकृत विकास योजना निर्माण अन्तिम चरणमा पुगेको नयाँ सहर आयोजना समन्वय कार्यालयका इन्जिनियर शान्तिवदन श्रेष्ठले बताए ।

“दुई सहर हेर्ने गरी एक जना परामर्शदाताले एकीकृत विकास योजना निर्माण गर्नुभएको छ, १० वटै सहरमा समन्वय कार्यालय खुलेर काम सुरु भएकोे छ, यस वर्ष आयोजनाका लागि रु एक अर्ब एक करोड ११ लाख ४४ हजार बजेट विनियोजन भएको छ”– उनले भने ।

चालु आवको अन्तसम्म योजना निर्माण सक्ने गरी काम भइरहेको जानकारी दिईउको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २६

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार १८:०९ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...