काठमाडौं । एनसेलले आज बेलुका १० बजेदेखि लागु हुने गरि ‘नाईट एसएमएस प्याक’ नामक आकर्षक योजना ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले कुनै पनि एनसेलका नम्बरमा हरेक दिन बेलुका १० बजे देखी विहान ६ बजे सम्म मात्र रु ५ (कर बाहेक) मा १०० एसएमएस पठाउन सक्ने बताइएको छ ।
नाईट एसएमएस प्याक यही बुधबार (असार १) बाट लागु भई ३ महिनाको अवधि सम्म संचालनमा रहने छ । एनसेलका अनुसार सबै ग्राहकले ८१७११९३ डायल गरी प्राप्त जानकारी अनुसार यो सेवा सुचारु गर्न सक्छन् ।
यो प्याक सुचारु गरे पछि २४ घण्टाको लागी मान्य हुनेछ । स्वतः नविकरण हुने प्याक मध्यरातमा नवीकरण हुनेछ ।
प्रकाशितः २०७३ असार १
वि.सं.२०७३ असार १ बुधवार १०:४० मा प्रकाशित