back
NMB ad

१ हजार ज्याला दिँदा पनि ज्यामी अभाव, धान रोपाइँ प्रभावित

Kumari bank ad

भक्तपुर। मानो रोपेर मुरी फलाउने समयमा खेत रोप्ने महिला रोपार र खेतमा हिलो सम्याउने पुरुष ज्यामीको अभाव भएपछि भक्तपुरका अधिकांश कृषक मर्कामा परेका छन्।

मध्य असार झमझम पानी परेर खेतभरी पानी जमेको छ, तर ज्यामी नपाएपछि खेतमा भरिएको पानी टुलुटुलु हेरेर बस्नुबाहेक केही उपाय छैन, नगरकोट नगरपालिका–३ ताथलीका सानुभाइ गिरीको ।

जेठको अन्तिम सातामा रोपाइँ सुरु हुने भक्तपुरका खेतमा केही दिन अघिदेखि सुरु भएको वर्षाले रोपाइँ गर्ने पानी खेतमा जम्मा भए पनि ज्यामी अभावले रोपाइँ गर्न नपाएपछि भक्तपुरका अधिकांश किसानलाई मर्का परेको छ ।

विदेश जाने पुरुषको सङ्ख्या बढेसँगै पुरुष ज्यामीको अभाव निकै नै परेको सूर्यविनायक नगरपालिका सिपाडोलका अमृत थापाले बताउनुभयो । उहाँले भन्नुभयो– “खेतभरी पानी छ, खेतमा काम गर्ने ज्यामी नपाए पछि खेतमा भरिएको पानी हेरेर बस्नु परेको छ ।”

केही वर्ष अघि काभ्रेको टुकुचालगायतका विभिन्न क्षेत्रबाट महिला तथा पुरुष ज्यामी कामका लागि आउने गरे पनि यस वर्ष काभ्रे र भक्तपुरमा एकैपटक रोपाइँ भएकाले उताबाट पनि ज्यामी नआउँदा यहाँका कृषकले थप समस्या झेल्नुपरेको हो ।

जिल्लामा अहिले पुरुष ज्यामीलाई १० बजेदेखि ५ बजेसम्म काम गरेको दिनको रु एक हजार र खाजा, चिया दिने गरेको र महिला कामदारलाई खाजा, चियासहित दिनको रु ७०० ज्याला दिने गरेका छन् ।

प्रकाशितः २०७३ असार १८

वि.सं.२०७३ असार १८ शनिवार १२:३२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...