back
NMB ad

अनाथको छात्रवृत्ति ठूलाका छोराछोरीलाई

Kumari bank ad

काठमाण्डौं । अनाथ, असहाय र गरिब बालबालिकाको छात्रवृत्ति खोसेर नेपाल बाल संगठन (बाल मन्दिर)ले पहुँचवाला र नेताका छोराछोरी पढाएको भेटिएको छ।

आजको कान्तिपुरमा छापिएको खबर अनुसार संगठनकी अध्यक्ष रीता सिंहले अनाथ र असाहयको कोटा काटेर कर्मचारीका छोराछोरी अलावा नेता र पहुँचवालाका सन्तान पढाउने व्यवस्था मिलाइदिएको देखिन्छ।

बाल संगठन नक्सालस्थित करिब १४ रोपनी जग्गा भाडामा लिएको बृहस्पति शिक्षा सदनले मासिक भाडाका साथै संगठनको सिफारिसका आधारमा २० विद्यार्थी निःशुल्क पढाउने सर्त स्वीकार गरेको थियो।

संगठनले २०५८ जेठ ८ गते ३० वर्षका लागि वार्षिक तीस लाख रुपैयाँ दिने गरी विद्यालयलाई जग्गा भाडामा दिएको थियो ।

उक्त सम्झौताको १२.५ नम्बर बुँदामा संगठनको सिफारिसका आधारमा आर्थिक अवस्था कमजोर भएका, अनाथ, असहाय वा सुविधा नपाएका बालबालिकालाई डे बोडर्स छात्रवृत्ति प्रदान दिने उल्लेख छ ।

यस्तो छात्रवृत्तिअन्तर्गत विद्यार्थीले बिहानको खाना, दिउँसोको खाजा, कापी, किताब, कलम, विद्यालय पोसाक, अन्य शैक्षिक सामग्री र सबै शुल्क निस्शुल्क पाउँछन् । एकदेखि दस कक्षासम्म निस्शुल्क छात्रवृत्तिमा पढने विद्यार्थीका निम्ति विद्यालयले सरदर ११ लाख रुपैयाँ खर्च गर्छ ।

अनाथका छोराछोरी पढ्ने छात्रवृत्ति धेरैजसो कांग्रेस सम्बद्ध नेताका छोराछोरीले ओगटेका छन् । कांग्रेस, अछाम क्षेत्र नम्बर २ का पूर्वक्षेत्रीय सभापति यज्ञप्रसाद ढकालका छोरा यही छात्रवृत्तिमा दस कक्षामा पढ्छन् । ढकालले आफू द्वन्द्वपीडित भएका कारण छोरा छात्रवृत्तिमा पढाएको तर्क गरे ।

‘पहिलेदेखि संगठनका पदाधिकारी र आफन्तका छोराछोरीले छात्रवृत्तिमा पढछन् भन्ने सुनेको हो, तर मेरो छोराको हकमा अध्यक्षले नै चासो द्वन्द्वपीडितका नाममा छात्रवृति दिलाउनु भएको हो ।’ कांग्रेसको भ्रातृ संगठन नेविसंघका सिन्धुपाल्चोक सचिव निरोजकुमार भण्डारीका छोरा पनि यही छात्रवृत्तिमा एक कक्षामा पढ्छन् ।

भण्डारीले कस्तो छात्रवृत्ति हो भन्ने आफूलाई थाहा नभएको बताए । उनले भने, ‘नेताहरूसँग भनसुन गरेर मिलाएको हुँ, तपाईंलाई किन चासो ?

प्रकाशितः २०७३ असार १९

वि.सं.२०७३ असार १९ आइतवार १०:०८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...